Posted by: Nas June 8, 2016
IT training
Login in to Rate this Post:     3       ?         Liked by
"..unless he is ur childhood/really old friend"

बैरागी ब्रो ! उ मेरो चाइल्डहुद फ्रेन पनि होइन ... ओल्ड फ्रेन पनि होइन ... त्यो फुच्चे भरकर एम.बि.ये सक्काएर यो काममा जोइन गरेको थियो .... काम पाको केहि हफ्तामा तेस्ले आफ्नो पेरेंट्सलाइ खुसिको खबर सुनाको थियो ...

पछि काम शुरु हन थाले पछि.. उसको धोति लिडले उसलाई केहि औन्दैन भनेर चाल पाई हाल्यो ... अनि उसलाइ कुनै टास्क दिएर तैले यो भोलि सम्म सकाएँन भने तेरो जागिर चेट भनेर मेन्टल याताना सरह दिन्थ्यो ... उसले गुहार्ने कोहि थिएँन .. म सिवाय ! अनि उसले भन्थे ... मैले मेरो प्यारेन्ट्सलाइ नि मैले जब पाको कुरो सुनाए ... उनीहरु सार्है खुसि हुन् भाका छन् ... तेती मात्र नभएर उहाहरुले मेरो नातेदारहरुलाइ नि सुनाइसकेछन ...म फाएर भए भन्ने खबर मेरो नातेदारले थाहा पायो भने कत्रो बेजत हुन्छ .. भनेर दुखि हुन्थ्यो ...

उसलाई दुइ बजे सम्म मदत गर्नमा शायेद मेरो स्वार्थ पनि थियो होला ... किन भने म पनि कुनै दिन .. उ जस्तै केहि नआउने मान्छे थियो... उ जस्तै मेन्टल प्रेसरले म कति रात सुत्न सकिन ... बिहान आँखा खोल्ने बित्तिकै ... प्यानिक अट्याक हुन्थ्यो .... मैले यी लक्षण ... मेरो साथिको अनुहारमा देखेको थियो ....

शायेद तपाईलाइ मैले जसरि मदत गर्नको लागि तपाई को साथि बाल्यकालको वा पुरानो हुन् पर्छ भन्ने शर्त होला... तर मेरोमा तेस्तो केहि शर्त छैन ... मलाई अरुको पिडा पनि आफ्नै पिडा जस्तो लाग्छ .. र ... मैले गर्न सक्ने क्षमता हुँदा हुँदै पनि मैले कसैलाई मदत गरेन भने मलाइ मेरो आफ्नै आत्माले सराप छ ! त्यो भन्दा तल म गिर्न सक्दिन ! येदि मेरो कमजोरीलाइ हजुरले अर्कै अर्थ लगाउनु हुन्छ भने ठिक छ.. तेही सहि !


Read Full Discussion Thread for this article