Posted by: magorkhe1 June 4, 2016
बाउको घुडा चुसेर के होला ?
Login in to Rate this Post:     0       ?        

मेरा मित्रले Green Card पनि ढिला पाए | धेरै समय professional विद्यार्थी भै बसे | आफ्नो देश छिर्नलाई पनि भीसा लिएर कोही र्छ भन्थे  - एही कारणले American नागरिकता पनि लिएका छैनन होला? 
 कान्छो लन्ठक मात्र छिर्न पाएका छैनन | अर्का दाई मार्फत कान्छाको लाइन लगाउन पेपर पठाएको गडबड भएको थियो र अगाडि बढेको थिएन | यो भाईले अमेरिकि नाकारीगता लिएको थाहा पाए पछी  भनी  फेरी re-process गर्ने हो कि भन्ने कुरा उठाए ?  यिनका भाईले फोनमा कुरा हुदा केही भनेनन तर नेपाल पुगे पछी scroll गर्नु पर्ने गरी टेक्स्ट म्यासेस पाए पछी यिन्को माथा ठन्किए | 

इन्का भाईका  गुनासा हरु :अमेरिकामा सास्ती दु:ख पाएको , गरीबिमा बस्नु परेको , Survive गर्न दशौ बर्ष लागेको, कलेज् जानु परेको(आउना साथ् मेरा मित्रले उनका मित्र मार्फत नेपाली प्रोफेसर संग भेट्न जाउ भनेको कान मा तेल हालेर बसे) र रिनमा परेको ( सित्तैमा पढ्न नेपालमा मात्र पाईन्छ , बाउ आमाले मात्र् पेट काटेर पढाउछ्न )  आदी इत्यादी कुरा पचाउन सकेनन यिन्का भैइयाले आउन साथ काम गर्ने अधिकार पत्र पनि हात परेका हुन | आमाले नाती हेरी दिएको कारणले दुबैले दुई दुई वटा काम पनि गरेका हुन | शो-रूम  बाट सुन्य माइलको कार र  नगद तिरेर घर किन्न पनि सकेकै हुन तै पनि उन्का गुनासा हरु धेरै थिए | Made in USA लेखेको Ray-Ban चस्मा पठाइदेउ दाई भन्ने भाई यिनै  हुन जती खेर मेरा मित्र हिउ परेको बेला आधा घण्टा हिडि राती घर फर्कनथे | यि कुरा  यिन्ले दाई भाई कसैलाई भनेका छैनन |
ढिला सुताइ गरेको दिन :  बिहानै श्रीमतीजिले Yard Sale मा rocking chair बेच्न पठाएको र फ्री भनी छोड्नु पर्दा 
 "
आमाको दुध चुसेर पुगेन बाउको घुडा चुसेर के होला ? सम्झन पुगे रे ? 
Last edited: 24-Jun-16 07:13 AM
Read Full Discussion Thread for this article