Posted by: _____ June 4, 2016
विहारको शिक्षाः इन्टरमिडिएट टपर नै फेल
Login in to Rate this Post:     0       ?        

विहारको शिक्षाः इन्टरमिडिएट टपर नै फेल 

२२ जेठ, काठमाडौं । बिहार इन्टरमिडिएट साइन्सको दुई टपर शुक्रबार भएको परीक्षामा फेल भएका छन् । यससँगै उनीहरुको इन्टरमिडिएटको रिजल्ट रद्द गरिएको घोषणा भएको छ ।

शनिबार साँझ करिव ५ बजे विहार विद्यालय परीक्षा समितिका अध्यक्ष लालकेश्वर प्रसाद सिंहले पत्रकार सम्मेलन गरेर रिजल्टबारे जानकारी दिए ।

फेल घोषित गरिउका विद्यार्थीमा साइन्स टपर सौरभ श्रेष्ठ र तेस्रो स्थान हासिल गर्ने राहुल कुमार पनि छन् । दुबैले वैशाली जिल्लाको विष्णु राय महाविद्यालयको छात्रका रुपमा परीक्षा दिएका थिए ।

अर्का टपर रुबी राय भने शुक्रबारको परीक्षामा सहभागी भइनन् । उनलाई ११ जुनमा परीक्षा लि आउन भनिएको छ ।

रुबी र शौरभको अन्तरवार्ता प्रशारित भएपछि इन्टरमिडिएट टपरमाथि प्रश्न उठेको थियो ।

२०७३ जेठ २२ गते १९:४४ मा प्रकाशित
Read Full Discussion Thread for this article