Posted by: fashioninstitute June 1, 2016
जहाँ घृणा, बदनामी, हत्यारा कसैको मुत्यूकुन्डली बाकेर हिडेको थिँए
Login in to Rate this Post:     0       ?        
उहाँको देहान्त पछिका मेरा दिनहरु यति कष्टकर भएर बितेकी सामान्य मान्छेले कल्पना सम्म पनि गर्न सक्दैनन् । सिक्का एक पाटो बाट अर्को पाटो तिर पल्टिए जस्तो भयो । जहाँ घृणा, बदनामी, हत्यारा कसैको मुत्यूकुन्डली बाकेर हिडेको थिँए । तै पनि आज सम्म सत्मार्ग कहिल्यै छोडेको छैन । पिताको हरेक बचन कहिले नागेको छैन । हरेक काम कारण विना गर्दिन । 
साथीहरु भन्थे सकारात्मक सोच्नु पर्छ, इमान्दार हुनुपर्छ । तर त्यो भन्नेहरुलाई नै थाहा छैन कि सकारात्मक कसरी सोच्नुपर्छ । इमान्दार कहाँ हुनु पर्छ । सकरात्मक सोच्नुपर्छ जिवनको उदेश्य र लक्ष्यलाई पुर्ण गर्न । इमान्दार हुनुपर्छ जिवनको उदेश्य साकार पार्न । इमान्दार हुनुको यो मतलव होइन कि कसैको अन्याय सहनु । कोही मेरो प्राण हरण गर्न खोज्दैछ भने के म त्यसलार्ई सकारात्मक सोचुँ अनि इमान्दार बनेर माफी माग्न जाउँ । त्यस्तो पनि गर्छन् कति दिमाग नभएका भ्रमित मान्छेहरु कुन जमानामा बाँचेका छन् । आँशु लुकाएर पनि किन हाँसेका छन् । 
आज हिजो विहानको घटनाले रातको १ बजेसम्म पनि निन्द्रा लागेन यो जाबो २ कौडीको केटीले मेरो ठेगाना कसरी पत्ता लगाएर गुहार माग्दै यहाँ आई । को हो यो । यसको यहाँ आउने कत्रो हिम्मत मेरो आगनको ढुङ्का ढुङ्काहरुमा मुत्यूको अक्षरहरु कोरीएका छन् । कोहि त आँगन टेक्न नपाई त्यहिँ ठहरै हुन्छन् । मेरो आँगनको ढुङ्का पनि बोल्छ । माटो पनि बोल्छ । कोही चिच्याउन खोज्छ भने फलामको पारो बनेर त्यहि पोल्छ । 
त्यहि नारी पात्र आँगनमा अझै सुक्क- सुक्क गर्दै रोइरहेकि थिइ ! मैले कसैलाई आग्रह गरे त्यसलाई कोठा नं. २० मा लगिदिनु । आराम गर्नु भनिदिए । मनमा शंका लागि रह्यो कतै यो केटि जासुत त गर्दे छैन । तुरुन्त मेरो प्राइेभेट इन्जिनियरलाई यस्को फोन चेक गर्न लगाए । कल लिस्ट सबै चेक गर्न लगाए । त्यस्तो केही रहेनछ ! निसन्देह जिवनमा पहिलो पटक मेरो घर प्रवेश गरी कुनै प्रेमिको नाताले होइन एक मानवताको नाताले...... जहाँ -जहाँ मानवता हरण भएको छ त्यहाँ कृष्ण, त्यहाँ जिसस् क्राइस्टको रुप लिन्छु । अचेल मेरो जिवनमा एउटै दर्शनमा चलेको छ त्यो हो "न्याय र स्वतन्त्रता "
कुनै बेला, ऊ न त क्विन एलिजाबेथ थिइ, न त क्विन भिक्टोरिया नै, तर मैले रानी जतिकै कै इज्जत दिएको थिए । मेरो लागि सन्सार नै तिमी थियौ । मैले माया पाउन माया गरेको थिइन । कुनै स्वार्थ थिएन । फिर्फ मेरो भनाइ के हो भने तिम्ले मलाई बुझ्न सकेनौ, म घायल भै, तिमी - तिमी भन्दै दिन रात बिताउथे । तिम्लाई लाग्ला त्यो पागलपन थियो । अह, बिल्कुल होइन्, त्यो कुनै पगलपन थिएन । माया प्रेम मात्र होइन तिम्रो लागि जिन्दगी नै उपहार दिन चाह्न्थे । नारी लाई इज्जत गर्नु नै आफ्नो सम्मान ठान्थे । तर परीस्थीति निकै फरक रै’छ, मैले एक कोहोरो जती जे माने पनि कसैले मन देखी स्विकारे को छैन भने त्यसको कुनै अर्थ हुदो रहेनछ । हृद्यको नसा - नसामा
तिम्रै माया बगेको सम्झन्थे तर बिडम्बना तिमी ले नै झुटो साबित गर्ने कोसिस गरी रहेयौ । बगरको ढुङा -ढुङा हरुमा, रुखको पात- पात हरु मा कोरिएका थिए हाम्रो नाम हरु तर तिम्ले त्यसलाई मेट्नु नै आफ्नो कर्तब्य ठान्यौ ।अहिले सम्झिदा अचम्म लाग्छ,कस्ले दियो तिम्लाई त्यो अधिकार ? मुटु भरी पलाएका पालुवा लाई निमोठेर बगर मा फ्याक्न खोज्ने ? शृङगार उपहार दिन खोज्दा सुबार मात्र रोज्ने । जस्ले मुटु देखी माया गर्‍यो उसै माथी बज्र प्रहार । थाहा थियो तर समय निकै ढिला भैसके को हुनेछ! । कुनै दिन तिम्रो जिबनमा अन्य कसै सँग प्रेम हुनेछ । आज सम्म मलाई लाई दिन कन्जुस गरेको त्यही २ अक्षर सिर्फ माया र खुशी नै त थियो नि ! तर सबै म जस्तो कहाँ हुन्छन र सबै कुरा बुझ्ने कुनै यस्तो दिन आउने छ तिम्रो जिबनमा, कसैले पहिलो भेटमा नै तिम्रो त्यो यौबन लुट्ने छ । तिम्रो जिबन नै लीलामि मा राखिदिने छ । अनि जब तिम्रो जिबन मा आधी हुरी आइ, मन सुनामी को छा;ल हरुले बगाउने छ त्यो बेला मलाई सम्झने छौ, मेरो नि:स्वार्थ प्रेम - जहाँ तिम्रा हरेक इच्छा र चाहना हरु को पुजा गरिन्थ्यो ।
Read Full Discussion Thread for this article