Posted by: _ June 1, 2016
कुलेश्वरमा फेरी आतंक
Login in to Rate this Post:     1       ?         Liked by
चितुवा नै समातेको त छैन तर आफू पशु डाक्टर भएकोले यस्ता कुरामा अलिक रुचि राख्छु। माथि सबैजसोले भन्नु भएजस्तै पशुलाई मार्नु नै पर्ने अवस्था कमै मात्र आउँछ। "Nepal justo desh ma ta khasai Animal lai harm nagari kana capture garna sakyo bhane" भन्नु भा रहेछ, यसरी जङ्गली जनावर समात्ने प्रविधि दशकौ अघि देखि छ हाम्रोमा। विदेशको जस्तो गतिलो नभएपनि धेरै राम्रो अनुभवी र आँट भएको टीम भएकोले अहिलेसम्म अवस्था त्यति नराम्रो छैन। गैडा translocation देखि अन्य धेरै गतिला काम भएका छन् नेपालमा। 'धुर्वे हात्ती' नभेटिएर मार्न नसकेको भनेर समाचारमा आए पनि खासमा मार्न नखोजिएको हो; सुझबुझ छ नेपालामा बन्यजन्तुतिर काम गर्नेहरूमाझ।

यही चितुवाको कुरो: हाम्रा महान नेपाली जनतालाइ हेर्नुस, फोटोमा पनि देखिन्छ; सप्पै गोलो लागेर हेरेका छन. नेपालको भीडमा जानुभएको सम्झना होला तपाईंहरूलाई पनि. यति धेरै हल्ला हुन्छ कि, डाक्टर-टेक्निसियन ले सल्लाह गर्न समेत सक्दैनन्; इसाराको भरमा काम गर्नु पर्छ। फेरी त्यस्तोमा पनि नेता निस्किन्छ, अझै ठुलो बिज्ञ पनि निस्किन्छ कहिले त। यताबाट dart हान, उताबाट नाहान, उता नजा...अब हान.. के हेरेर बसेको?,,,उनीहरूको खटन हुन्छ।

अनि अर्को बास्तविक जन्तु भनेको पत्रकार भनिनेहरू। जनताले त जसोतसो प्रहरीलाई टेरेपनी पत्रकारले त पुलिसलाइ टेर्ने कुरो भएन। जनावरलाइ सुरक्षित तरिकाले गाडीसम्म लान पनि दिदैनन। फोटो चाहिएको छ सबैलाई, त्यो पनि एङ्गल एङ्गल बाट. हतार हतार गाडिमा भएको खोरमा नपुर्याए एनेस्थेसिया सकिएर जुरुक्क उठ्ला भन्ने पीर। बिचरा चितुवा पनि शान्त बातावरण नभए झन् बिच्किन्छ।

एक पटक माथिमा फोटोमा भएकै टेक्निसियनलाइ नराम्रो घाइते पारेको थियो चितुवाले, उनको पटक्कै गल्ति थिएन, पछाडी सुरक्षित ठाउँ छोडिदिनुस भन्दै अगाडि के बढेका थिए, पत्रकारको भिड अगाडि बढीहाल्यो, बिचरा बाच्न चाहिं बाचे। कोटेश्वर तिर हो जस्तो लाग्छ। साधारण श्रोतको भरमा, दिन रात झरी नभनी हज्जारौ जनावर, सर्प इत्यादी समातेर जनताको ज्यान जोगाएका यी घर्ती दाइलाइ देखेर यिनिजत्तिको हुन पाए हुन्थ्यो भन्ने सपना पनि थियो कुनै बेला।
Last edited: 01-Jun-16 02:32 PM
Read Full Discussion Thread for this article