Posted by: instagram May 31, 2016
आखिर के हो मेरो पहिचान ?
Login in to Rate this Post:     0       ?        
अनिता यादव जी ले राम्रो कुरा उठाउनु भयो ! आखिर के हो हाम्रो पहिचान ! को होउ हामि ? हामि किन सदै एउटा ठाउँ , एउटा जात एउटा धर्म को परिधि बाट उठ्न सक्दैनौ ! अनि हामि आफै भन्छौ देस बिकास भएन , देस ले प्रगति गरेन !
सन्दर्भ न्यु योर्क मा मनाइएको नेपाल दे परेड को हो ! आइतबार छुटी नै हुने हुना ले मा पनि येसो तेता तिर लागेको थिए ! र सयाद छुट्टि नभए पनि म जान्थे होला किन कि त्यो नेपाल को लागि थियो ! तर तेहा माहोल अर्कै थियो ! एमाले को जनसम्पर्क समिति ले आयोजना गरेको भएर कांग्रेस लगाएत अरु पार्टी ले बहिस्कार गरेका थिए ! अनि सुरु भयो जात जाति ठाउ बिबेस का सहभागी हरु को रमिता , एउटा देस मा धेरै किसिम का भेस भूसा हुन्छन , कला संस्कृति हुन्छन त्यो नराम्रो हैन ! तर तेस्लाई छुट्टा छुट्टै पार्टी संस्था को नाम दिएर तेहा जानु गलत थियो ! तेह नेवारी थिए , मधेसी थिए , म्याग्दी का थिए , अझ अमेरिका बसेर अमेरिकन भै सकेका बाल्टिमोर बासि थिए तर नेपाली चै थोरै औला मा गन्न लाएक थिए !
आयोजक ले पहिले भन्न पार्थि तेसरी जाति बिसेस झण्डा बोकेर आउने हैन भनेर , अर्को कुरो हरेक पार्टी का संस्था का कार्यकर्ता हरु तिनी हरु को भिड मा गएर नाची रहेका थिए , यो कसै संग आबध नभई नेपाली भएर तेहा गएका थिए ति सबै पर बसेर रमिता हेर्दै थिए ! त्यो लाज मर्दो परिस्थिथि हो !
हुन त न्यु योर्क मा त्यो सबै नया कुरा हैनन् , येह ५० थरि जात ठाउ का ५० संस्था होलान , हुनु एक किसिम ले राम्रो पनि हो , भोलि गारो सरो पर्दा काम लाग्ने तिनै दाजु भै हो ! तर भोलि कोइ नेपाली लाइ गारो सारो पर्दा कसले को कुन पार्टी को भनेर सोध्ला कि भन्ने पो डर छ अब ! म एक पटक एमाले को भेला मा गएको थिए , एउटा न्यु योर्क का एमाले का जान्ने सुन्ने नेता ले मलाई भाइ तिमि येह बसे पछि एउटा न एउटा संस्था मा मिल्न चै पर्छ नत्र भोलि तिम्लाई गारो पर्दा कसले हेर्छ रे ! म एक छिन सोच मग्न भए , के म भोलि कुनै संस्था मा सहभागी भैएन अनि म येह कुनै दुख मा फसे भने मलाई नेपाली भनेर सहयोग कसैले नगर्लान त् ! कि मलाई पैले यो कुन ठाउँ को कुन जात को कुन पार्टी को भनेर खोजि नीति गरेर सहयोग गर्लान ! त्यो दिन देखि मैले कुनै पनि पार्टी , संग संस्था को कार्येक्रम मा जानै छोडिए ! म नगएर तिनी हरु को कार्येक्रम मा की असर पक्कै गर्दैन किन कि येह पनि नेपाल मा झैँ चाकरी गर्ने चम्चे हरु को कमि छैन !
हाम्रो देस लाइ येस्तै समूह , पार्टी , जात जाति को विभाजन ले खायो र त्यो येह परदेस सम्म आई पुगेको छ ! हुन त नानि देखि लागेको बानि कसरि जाने ! आस छ कुनै दिन हामि कुनै समूह भन्दा माथि उठेर आफ्नो देस को पहिचान बोकेर उभिने छौ
जय नेपाल
Read Full Discussion Thread for this article