Posted by: ujl May 31, 2016
आखिर के हो मेरो पहिचान ?
Login in to Rate this Post:     1       ?         Liked by
उपनिषदमा भएका ज्ञान गुनका कुरा आज भोलि कसैलाई सुन्ने फुर्सद छैन अनि व्यर्थको जातिभेदमा उल्झेर समय खेर फाल्छन.

"आखिर के हो मेरो पहिचान ?" (अनु जी को प्रश्न)

उपनिषदमा चार सरल शब्दमा स्पस्टसंग उल्लेख गरिएको छ तपाइको अस्ली पहिचान:

१) तत् त्वम् असि (Thou Art That)
२) अहम् ब्रह्मास्मी ( I am Absolute or the pure Awareness)
३) अयम आत्मा ब्रह्म (This Atman is Absolute)
४) प्रज्ञानम ब्रह्म (Consciousness is Absolute)

मन भन्दा माथि शाक्षी चैतन्य छ जुन हाम्रो असली पहिचान हो. मैथली, नेपाली, मधेसी, नेवार, ब्रामण, क्षत्रिय, इत्यादी, सब आत्मामा गरिएका कल्पना हुन् जसको कुनै अस्तित्व नै छैन. समुद्रका छालहरू विभिन्न प्रकारका हुन्छन. कोहि ठुला छाल हुन्छन, कोहि साना छाल हुन्छन तर यी छालहरूको असली स्वरूप समुद्र नै हो. समुद्र बिना यी छालहरुको कुनै अस्तित्व नै रहदैन. त्यसै गरि, हाम्रो असली स्वरूप भनेको अनन्त आकाश रुपी सुद्ध चेतना हो जुन आफैमा निर्गुण छ. जसरी एक आकाश छ, तेसरी नै एक चेतना छ. विभिन्न किसिमका प्राणी एवं विभिन्न जात-जाति केवल एस चेतनाका छायाँ हुन्. छायाँको कुनै अस्तित्व हुदैन.

सुन बाट विभिन्न प्रकारका गहनाहरु बनाउन सकिन्छ. कोहि हातमा लगाइन्छ भने कोहि गलामा. हातमा लगाइने गहनको पहिचान गलामा लगाइने गहना भन्दा छुट्टै हुन्छ तर यी सब गहनाहरु केवल सुन हुन्. सुन बिना यी गहनाको कुनै अस्तित्व नै रहदैन. तेसैगरी आत्मा बिना कुनै प्राणीको अस्तित्व नै रहदैन. जब अनन्त आत्मामा संकल्प आयो, ब्रह्माण्डको उत्पत्ति भयो तर ब्रह्माण्ड केवल एक छायाँ हो ! एस ब्रह्माण्डमा हुने सारा नाटक एउटा स्वप्न संसार जस्तै हो.

ईशा वास्यं इदं सर्वं = All this is pervaded by that one divine supreme.



Read Full Discussion Thread for this article