Posted by: _____ May 31, 2016
आखिर के हो मेरो पहिचान ?
Login in to Rate this Post:     1       ?         Liked by
हामीले मान्छे भएर बाच्न जानेनौ , हामि लाई मान्छे भएर पुगेन, त्यो भन्दा बढी केहि हुन पर्यो समस्या तेही हो .
अनसार मा कोहि पर्फेक्ट छैन, जुन देश मा पनि एक प्रकार को मान्छे ले अर्को प्रकार को मान्छे लाई होच्याउने , हेप्ने गरिन्छ, खालि घटी बडी मात्र हो.

नकारात्मक विचार भएको मान्छे हरु संसार को सबै ठाम मा हुन्छन खाली तिनीहरु डोमिनेन्ट छन कि छैनन् भन्ने कुरा मात्र हेर्ने हो. नकारात्मक विचार भएको मान्छे हरु लाई समाज मा डोमिनेन्ट हुन दिन हुन्न. तेस्को लागि कानुन बनौन पर्छ.
अमेरिका मा बस्ने लाई थाहा छ अमेरिका मा पनि टन्न जातिवादी मान्छे छन् , प्रहरी ले एक प्रकार का मान्छे लाई दुखः दिन्छ

नेपाल मा पनि भेद भाब छ, त्यो कानुनी रुप मा हुन हुन्न, सामाजिक रुप मा भएको लाई निरुस्तहित गर्न पर्छ. सांस्कृतिक कारण ले पनि कतिपय भेद भाब छ, संस्कृति भन्ने ठुलो हो भन्ने हटाई दिएपछि त्यो भेद भाब हट्छ.
नेपाल को समस्या के हो भने छिमेकी देश हरु ले आफ्नो स्वार्थ को लागि हाम्रो सांस्कृतिक बिबिधता लाई प्रयोग गरि रहेछन, नेपाली नेता हरु तेश्मा रमाई रहेछन .

मानब शोभाब को कारण ले पूर्ण तय भेदभाब रहित समाज को सिर्जना गर्नु सम्भब छैन. त्यो त स्वोप्निल समाज मात्र हो (dream society, ideal society). सत्य युग मा त्यो थियो भनिन्छ तर तेस्तो सत्य युग पनि टिकेन, राम राज्य मा बाघ र बाख्रा ले संगै पानि खान्थे भनिन्छ तर त्यो राम राज्य पनि टिकेन. discrimination मान्छे को डि एन ए मा नै छ जस्तो छ . समाज परिबर्तान्शील छ भन्छन. नेपाल को एउटा समस्या परिबर्तन लाई स्वीकार गर्न नसक्नु पनि हो, अथवा आफु परिबर्तन भएर पनि हजार वर्षा पुराना संस्कृति को लागि झगडा गर्न नछोड्नु कमजोरी हो


चाहिने भन्दा नचाहिने कुरा को लागि हामि बढी आन्दोलन गर्छौ. घर मा छोरा छोरी आफ्नो भाषा बोल्दैनन (जुन भाषा ले उसलाई केहि दिदैन त्यो भाषा बोलेर के गर्ने), हालिवोड़ को फिल्म हेर्छन, अमेरिकी फेसन मन परौछन बाउ संस्कृति को लागि अनुसन बस्छ तेसो भएपछी केहि हुदैन.

हामि लाई अहिले बिजुली चाहिएको छ, दालभात चाहिएको छ, पानि चाहिएको छ तेश को लागि आन्दोलन गर्ने कि नगर्ने.
बिजुली दालभात र पानि जुन भाषा बोल्ने ले दिएपनि, जुन रंग को मान्छे ले दिएपनि जुन भौगोलिक क्षेत्र को मन्छे ले दिएपनि हुन्छ
जे भएपनि हामी लाई मान्छे भएर पुगेको छैन, हामीले मान्छे भएर बाच्न जानेका छैनौ हामि लाई तेसो गर्न पर्छ भन्ने पनि थाहा छैन

लेख्दै जानुस , ब्यबहार मा उत्रादै जानुस बहस सुरु गर्न गारो छ, तर बहस सुरु गने , सकारात्मक बहस गर्ने गर्दा समाज मा नकारात्मक विचार हरु को कमि आउछ






Read Full Discussion Thread for this article