Posted by: IT_Guy May 11, 2016
ट्रम्पले जितुन् भन्दै दिल्लीमा पूजापाठ http://kantipur.ekantipur.com/news/2016-05-11/20160511180954.html
Login in to Rate this Post:     0       ?        

वैशाख २९, २०७३- अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिनक पार्टीका उम्मेदवार बनेका डोनाल्ड ट्रम्म विवादित व्यक्ति मानिएका छन् । उम्मेदवार बन्ने क्याम्पियनमा उनले दिएका अभिव्यक्तिले उनी विवादमा आएका हुन् । तर, तिनै अभिव्यक्तिले भारतमा भने उनले सथर्मक कमाएका छन् ।

उनका तिनै समर्थकले बुधबार भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा ट्रम्पले अमेरिकी राष्ट्रपति जितुन् भन्ने कामना गर्दै पूजा र हवन गरेका छन् ।

हिन्दु सेना नामक संगठनमा आवद्ध करिब एक दर्जन मानिसहरुले शिव र हनुमानको मुर्तिसँगै ट्रम्पको तस्बिर राखेर उनको पक्षमा पूजापाठ गरेका हुन् । उनीहरुले भनेका छन्, ‘ट्रम्पले मात्रै संसारमा मानवताको रक्षा गर्न सक्छन् ।’

उनीहरुले यसो भन्नुका पछाडि ट्रम्पले दिएका मुस्लिम विरोधी अभिव्यक्तिको मूख्य भूमिका रहेको मानिन्छ । मुसलमानविरोधी संगठन हिन्दु सेनाका एक कार्यकर्ताले भने, ‘मुसलमान आतंकवादबाट पूरै संसार आक्रान्त छ, यसबाट ट्रम्पलेमात्रै मानवतालाई बचाउन सक्छन् ।’ उनीहरुले ट्रम्पको तस्बिरमा टीका लगाइदिँदै उनको पक्षमा नाराबाजी पनि गरेका थिए ।

ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेशमा केही समयका लागि प्रतिबन्ध लगाउनु पर्ने र संसारभरीबाट आतंकवादी समूहहरुलाई निर्मूल पार्नुपर्ने अभिव्यक्ति दिएका थिए । धर्म विशेषबारे नकारात्मक टिप्पणी गरेको भन्दै ट्रम्पको व्यापक आलोचना भएको थियो ।

http://kantipur.ekantipur.com/news/2016-05-11/20160511180954.html

Last edited: 11-May-16 07:42 AM
Read Full Discussion Thread for this article