Posted by: magorkhe1 April 27, 2016
टुक्रिएका झुर्किएका हड्डी चुर्न |
Login in to Rate this Post:     0       ?        
सानो हुँदा बा मदेश हाँक्न छिरेका बर्षको एक पल्ट् जस्तो पहाड छिर्थे | सम्झे सम्म बाउले नक्क्ली दात र चस्मा लगाउ थे | म मधेश छिरे पछी को कुरा हो , कुनै बेला यस्तो सम्योग पनि परेको थियो बाउलाई अस्पातल धाउनु परेको थियो | भएको के थियो भने बाउको चस्मा बनाउने र अर्को दात उखेलेर नयाँ दात बनाउने एकै चोटि परेको बेला को कुरा हो |
कुखुराको मासु खाएको भोलिपल्ट दिर्घसन्का गर्न जा दा दुख्यो भन्छन | तुरुन्तै अस्पातल लगियो अनी भएको के रहेछ भने मासु भात खादा झुर्किएका कुखुराका हड्डी छुट्ट्याउन सकेनन अनी पुगेछन निल्न | कती निले एउटा चै गएर अड्किएछ चाक्मा | नेपलामा धार्निको खसी र बिसौलिको कुखुरा काट्न एउटै खुकुरी प्रयोग गरिन्छ अनी साध लगाउने भनेको दसैंको बेला मात्र हो | मासु धारले काट्ने हैन बलले काटिने भएको ले तुक्रिने मात्र हो र झुक्रिन्छन पनि | डाक्टरले जुलाफ गोली दियो , एस्ले निकाल्न सहयोग गर्ला नत्र भोली खाली पेटमा अपरेसन थिएटरमा आउने परचा दिएको थियो | तर जुलाफले काम गरयो | यो कुरा मेरो मन मस्तिस्कमा तासिएर बसेको छ अनी त्यो दिन देखी घरमा खुखुरा काटकुट गर्न अरुलाई दिदिन थिए | आफुलाई पनि २-४ पल्ट् त्यो झुक्रिएको हड्डिले गिजा सँग मितलाउन का पछी परेको हो ? माछा को कुरै नगरौ : सधैं Cat Fish ल्याउने तेस्को साना साना Bone छुट्याउन लाई घण्टौ लाग्थ्यो , तेसैले बुहारी माछा ल्याएको दिन मात्र खुसी हुईन्थ्यो | अझ मेरा ठुल्दाइ त यहाँ आएका दशौ बर्ष पनि माछा खाएका रहेनछन| एक दिन boneless Salmon खाए पछी मात्र माछा खान सुरु गरे |

यि दिन हरु भोगेको भुक्त भोगिले कुखुराको मासु अरुले काटेको हो र्‍ तेस्म्याथी गाउले कुखुरा पर्‍यो भने मासु टुक्रा मात्र देउ भन्छु ( झुर्किएका हड्डी rajor blade भन्दा पनी तिखा र धारिला हुन्छन )
कुनै बेला मेरो अनुस्पस्थितिमा कुखुरा पकाइेको रहेछ भने डर मान्दै होस् पुर्याएर खान्छु | कुनै दिन टासौला कसरी leg Quarter काट्ने भनेर |
Read Full Discussion Thread for this article