Posted by: _____ April 10, 2016
शक्ति होइन नयाँ सोच जरुरी छ
Login in to Rate this Post:     1       ?         Liked by
यस्मा चाही अनु जी लाई मेरो पनि साथ्,
साच्ची नेपाल मा नया सोच को जरुरि छ , तर नया सोच को साथ साथै व्याबहारिक रुप मा त्यो सोच अपनाउन र कार्यानयेन गर्न जरुरि छ

मेरो विचार मा नेपाल अहिले झगडा जात, रंग , क्षेत्रियेता , भाषा आदि को झगडा भै रहेछ, हामि भुत को कुरा लिएर वर्तमान मा झगडा गरि रहेछौ . वर्तमान भाबिश्य बनौन लगाउन पर्छ . भबिश्यमा कस्तो हुन्छ संसार सोच्न सक्नु पर्छ सपना देख्न सक्नु पर्छ,

मेरा केहि सोच हरु, नेपाल को समस्या को सन्धर्भ मा

भाषा :
भाषा संचार को मध्यम मात्र हो , मानब इतिहास मा भाषा आउछन जान्छन , कहिले संस्कृत थियो, ल्याटिन थियो, अर्मेनिअन थियो , अहिले संसार को भाषा अंग्रेजी छ . हामी बच्चा बच्चा लाई अंग्रजी मध्येम को स्कूल मा पठाउन चाहन्छम , अङ्रेजी फरर बोल्ने लाई जान्ने ठान्छम, बलिवुड ले हलिवुड को नक्कल गर्छ, हामी बलिवुड को नक्कल गर्छम.
तर

नेता हरु छेत्रीय भाषा चाहिन्छ भनेर देश मा बन्द गर्छन , तेरो भाषा सानो मेरो भाषा ठुलो भनेर झगडा गर्छन, सोजा साझा जनता उक्सौछां आफु नेता बन्छन देश डुबाउछन. खस भाषा इतिहास को एउटा खण्ड मा सरकारी कामकाज को भाषा बन्यो. तर खस बाहेक धेरै लाई तेसै मा रिस छ. संसार ग्लोबल भिलेज बनेको छ. अंग्रेजी भाषा को प्रयोग बढो छ

अब ५०/१०० वर्षा अगाडी खस भाषा सरकारी कामकाज को भाषा बनाइयो भनेर हामी अझै झगडा गर्दै छम, भाबिश्य कहिले बनाउने ? देश मा भएका भाषा हरु को अभिलेख राख्ने, मुजियेम बनाउने, आर्थिक रुप् ले सकिन्छ भने मर्न नदिने तेत्ति हो गर्ने, तेती ले पनि सकिएन भने भाषा मर्छन, मरुन,  छु मतलब ? मुर्ख हरु भाषा को लागि मर्छन धुर्त हरु भाषा का लागि अरु लाई मारेर आफु नेता बन्छन्, पछी घुस खाएर मोज गर्छन 
इमेल , फक्स , टेलिफोन, आइ पी फोन मा कुन राख्ने भन्ने झगडा गर्न पर्दैन, जुन धेरै चल्छ तेही रहन्छ अरु जान्छन

धर्म

धर्म भनेको हजारौ वर्षा पहिले जब मानबता, सभ्यता आदि इत्यादी तेती बिकाश भै सकेको थिएन तेसबेला समाज बेबस्थित गर्न बनेको हो
तर
धर्म लाई आज चलाख हरु ले सोजा साझा र मुर्ख हरु लाई फसाएर धुर्त हरु ले पैसा कमाउने माध्यम बनाएका छन्
धुर्त हरु ले धर्म को नाम मा नेता बनेका  छन्, संसार मा धर्म को सबै भन्दा बढी र सबै भन्दा सजिलो संग मिस युज भएको छ. सभ्येता को सुरुमा धर्म को जरुरत थियो होला अहिले पनि कति लाई छ होला तर धर्म बाट मानब समाज लाई हाल मा फाइदा भन्दा बढी बेफैदा भएको छ

धर्म हटाइदिने हो भने आज को समाज मा आधि समस्या को समाधान हुन्छ , नेपालमा धर्म को बारेमा धेरै झगडा भएको त छैन तर सुरु हुन्छ कि भन्ने डर छ

नेपाली समाज धर्म मा जस्तै भाषा र संस्कृति मा पनि उदार भै दिए हाम्रो आधा समस्या तेसै समाधान हुन्छन, अब हजारौ वर्षा अघि सुरु गरिएको धर्म लाई लिएर झगडा गर्दै वर्तमान बिताउने भए भाबिश्य कहिले बनाउने? वर्तमान त भाबिश्य बनाउन खर्च गर्न पर्छ

संस्कृति

संस्कृति भने को पुस्ता अनुसार परिबर्तन हुदै जाने चिज हो , नपत्त्याये आफ्नो बाबु बाजे लाई सोधु , बाजे को पाला मा गरिने कतिपय कुरा हरु हामी गर्दैनौ, आफ्नै संस्कृति भित्र, किन भने
१. त्यो सम्भब छैन, आर्थिक र सामाजिक परिबर्तन ले गर्दा
२. हामी आफै गर्न चाहदैनौ , पाखे भनिएला भनें डर ले
३. बेस्ताता ले गर्दा समय पनि हुदैन

तर
हामी हामीले छाड्दै गएको संस्कृति को लागि नेपाल बन्द गर्छौ, आन्दोलन गर्छौ , मान्छे मारछौ, तर हामि अपनाउन चाही पश्चिमा संस्कृति चाहन्छौ
अब बर्तमान यसरी बिताएपछि भाबिश्य कसरि बन्छ ?

हामी जति भेदी, रंग भेदी

मेरो नाक चुच्चो छ मलाई संसाद मा नाक चुच्चो भएकै मान्छे चाहिन्छ , जो संसद मा भएपनि उसले मेरो आर्थिक बिकाश र बाच्ने चाहिने न्यूनतम आबस्यकता हरु को लागि बोलेर र करयानोयें गरेको छ को छैन त्यो हेर्दैनम
मेरो अनुहार  कालो छ मलाई कालै अनुहार भएको बेक्ती संसाद मा चाहिन्छ भलै उसले मेरो अधिकार को लागि केहि नगरोस

म हिमाल मा बस्छु मलाई मेरै ठाम को मान्छे संसाद मा धेरै चाहिन्छ तर म त्यो मान्छे ले मेरो बाच्ने अधिकार को लागि के गरेको छ भनेर आन्दोलन गर्दिन, मेरो ठाम को मान्छे भए मलाई पुग्छ . म तराई मा बस्छु मलाई तराई कै मान्छे संसाद मा धेरै चाहिन्छ. म यो हेर्दिन कि जहाँ को मान्छे भएपनि मेरो सजिलो संग बाच्ने , आर्थिक सम्ब्रिध्ही बनाउना उसले कति योगदान दिएको छ

येसरी

हामि नेपाली हामीलाई झगडा गरेर वर्तमान बिताउन सिकाउने मान्छे हरु लाई चुनेर पठाउछौ, उनीहरु ले भने आनुसार झगडा गरेर वर्तमान बितौछौ, उनीहरु मोज गर्छन आनी हाम्रो भाबिश्य कसरि बन्छ? नेपाल कसरि बन्छ ?

आफ्नो भाबिश्य आफ्नै हात मा हुन्छ, हामीलाई भाषा, धर्म, संस्कृति जसको हाम्रो भाबिश्य संग कुनै खास महत्वो छैन (किन भने हामी आफै तेस्लाई बिस्तारै छोडदै छौ) झगडा गर्न हाम्रा नेता ले सिकाई रहे का छन्, हामी तेसै लाई हाम्रो अधिकार भनेर लडी बसे का छौ हाम्रो भाबिश्य कसरि बन्छ ?

नेता हरु लाई उनीहरु ठुलो भन्ने भ्रम बाट तल झार्नु छ, प्रशासक लाई साशक बन्न बाट रोक्नु छ , बाटो बनाउन छ, पानि ल्याउन छ , तराई को मान्छे संसद मा पुगेर बाटो बनाए पनि , हिमाल को मान्छे संसद मा पुगेर बाटो बनाएपनि
हामीले हेर्ने उसले बाटो बनाएको छ कि छैन हेर्न हो न कि मेरो जस्तो भाषा बोल्छ कि बोल्दैन, मेरो अनुहर को रंग उसको अनुहार को रंग संग मिल्छ मिल्दैन, मैले खाए जस्तो उसले खान्छ कि खादैन भनेर हेर्ने

जब सम्म हामी क्षणिक ( जो केहि समय रहन्चन तेस्पची परिबर्तन हुदै जान्चन, जस्तै भाषा , धर्म संस्कृति ) कुरा हरु मा झगडा गर्दै समय बिताउछौ तब सम्म केहि हुने वाला छैन








Last edited: 10-Apr-16 11:08 AM
Last edited: 10-Apr-16 07:43 PM
Read Full Discussion Thread for this article