Posted by: magorkhe1 April 10, 2016
छिरे पछि निस्कन गाह्रो
Login in to Rate this Post:     0       ?        
हाम्रो कमजोरी, परिश्रम गरेर धनि हुईञ्छ भन्ने बिस्वास हटेको छ अनि राता रात धनि हुने हरुको लिस्ट फोर्ब को लिस्ट झैँ प्रचण्ड देखि माओबादीमा लागेका र सरकारी र बित्तिय संस्थानमा काम गर्ने हरु लाइ छन् |
फेरी पनि दोहोर्याउछु " घुस खानु र ख्वाउनु " हाम्रो सस्कार हो अनि पैसा नकमाउने नामर्द हुन् जस्ता भावनाले हाम्रो समाज जकडिएको छ | सायद नेपाल मा बसेर घुस खान नसक्ने दुई नम्बरी काम गर्न नसकने हरु हिन भावना बात पिल्सिएका छन् |
हिजो बाउ बाजेले कमाइदिएकोमा राज गर्ने हरु आफ्नो कमाइ नभए पछि परिश्रम मा बिस्वास हटे पछि एउटै उपाय पलायन बादी हो |
कसैले सोधलान त् गुले चै के होस् त ? म पनि तेस मद्देको एक हु | अहिले बैंक मा काम गरि रहेको भए ४०/५० हजार मासिक आउथ्यो होला, ब्यापार गर्न सिप र मानसिकता थिएन अनि बाउले कमाइदिएका थिएनन | छक्का पन्जा जानिएन , परिश्रमको फल पाउने लामो समय लाग्ने अनि फल पाउने पनि निश्चित नभएको कारण ले बिदेसीए |
मूल भुत कुरा : लाज लाग्ने अनि बाउ बाजेको नाक राख्ने , कामले सानो ठुलो हुने समाजको चलन अनि कुरीतिलाई प्रसय दिने हाम्रो समाजमा सपत्ति भए अनुसार काम भनेको ठुलै गर्नु पर्यो ताकि समाजमा आफ्नो छबि कायम रहोस ?
माओबादि को बेला काठमडौ छिरेका छ बे ले बनस्थली बिद्यालय अगाडि नान्ग्लामा फलफुल बेचेर जिबिकॉअर्जन गरेका छबिलाल का अहिले ३ ओटा भब्य महल छन् अनि छोरा छोरी तेही अगाडिको स्कूल बाट कलेज सिध्याए अनि आफ्नो आफ्नो काम गरेका छन् | नाग्ले पसल बाट कबोल मा upgrade भएको छ | यिनलाई परिश्रम को फल प्राप्ति भयो तर तपाइँ हामीलाई हुँदैन थियो !!!!!!!!!!!!
हाम्रो सामाज र संस्कृतिमा हामीले आधा बुझेका छौ अनि यो अल्पबिध्या भायाँकारी भन्छन यसले अघाडी बढ्न बाट रोक्छ , मेरो कजन म बिग्रिएको कारण काठमनडौ जानाले हो र जे जति बुझे तेस्को परिणति हो मेरो उधोगतिको कारण ?
पलायनबाद को कारण परिश्रम गर्न नचाहनु र परिश्रम गरेर सफलता पाउन दशकौ पर्खिनु पर्छ, पर्खन शिकाउने को ?
तिमि हामि छिर्यौ : छिर्ने सामर्थ भएर , अरु खाडि मुलुक देखि मलेसिया छाएका छन् | फर्किने बाध्यता नभए पछि जे भने पनि भै हाल्यो |फर्किन गाह्रो छैन मन हुनु पर्छ|

Last edited: 10-Apr-16 02:57 PM
Read Full Discussion Thread for this article