काठमाडौं— पेट्रोलियम पदार्थ र ग्यास कालाबजारीमा संलग्न भएको आरोप खेप्दै आएका नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक गोपाल खड्का प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालको १८ औं वार्षिकोत्सव कार्यक्रममा सम्मानित खड्कालाई प्रधानमन्त्री ओलीले सम्मानपत्र दिए।
खड्कालाई सत्तारुढ एमालेकै विद्यार्थी संगठन अनेरास्ववियूले दुई साताअघि कालोबजारी नाइके घोषित गर्दै कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो। मंगलबार एमाले अखिलले सार्वजनिक कार्यक्रममा बोलाएर प्रमुख अतिथि झैँ मञ्च दिएर प्रस्टिकरणको अवसर दिएको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीले खड्कालाई सम्मानित गरेका हुन्।
ऋषि धमाला अध्यक्ष रहेको रिपोर्टर्स क्लबले खड्कालाई सम्मान गर्दै ताम्रपत्र दिएको हो। प्रधानमन्त्री ओलीबाट सम्मानपत्र थाप्न मञ्चमा आएका खड्काले प्रधानमन्त्री ओलीलाई नमस्ते गरेका थिए। ओलीले नमस्ते भने फर्काएनन्। बरु सम्मानपत्र हस्तान्तरण गरेपछि खड्कासँग हात मिलाए। संयुक्त फोटोका लागि पोज दिए।
कालोबजारीलाई सरकारको संरक्षण रहेको व्यापक जनगुनासो छ। निगमले भने ८० प्रतिशत इन्धन र ६० प्रतिशत ग्यास मात्रै भारतबाट अाइरहेकाले अभाव नहटेको प्रस्टिकरण दिँदै अाएको छ।
http://nagariknews.com/main-story/story/63598.html(1) सर्वसाधरणले १ लिटर नपाउने !
(2) ऋषि धमलाले ४० लिटर कुमल्याउने
(3) भ्रष्टचार हो की ? केपी ओलीको उपहार हो ? ऋषि जी
(4) पत्रकारको नाममा तिमी कलङ्क हो !
(5) कुरीकुरी मुख छोपेर हिडनु है ! ऋषि जी