Posted by: sajha onion March 25, 2016
Breaking News: ब्रिटेनका राजकुमार ह्यारी सधैं नेपालमै बस्न तयारि - अब उपरान्त नयाँ नाम हरि नेपालबाट चिनिने
Login in to Rate this Post:     4       ?         Liked by
ब्रिटेनका राजकुमार चार्ल्स र डायनाका कान्छा छोरा ह्यारी नेपालमा केहि दिनको भ्रमण सक्केपछी नेपालमै बस्न मन पराएको भनेर आज बकिंगह्याम प्रेसबाट सबैलाई अवगत गरिएको छ | बिग्येप्ति अनुसार नेपालमा बस्दा राजकुमार ह्यारीलाई नेपालका प्राकृतिक दृश्य, नेपालीहरुको माया र सदभाब देखेर यस ठाउँलाइ कहिले पनि नछोड्ने द्रिद संकल्प गरेका हुन् | प्राचिनकालमा सिद्धार्थ गौतमले आफ्नो दरबार त्यागेर मोक्ष्य प्राप्ति गरेको जस्तै राजकुमार ह्यारीले पनि आफ्नो रास्ट्रको भौतिक र आर्थिक सुख सुबिधा सब्बै छोडेर नेपाल र नेपालीको बिकास र उत्थान गर्ने प्रण गरेका छन् | उनले आफ्नो नाम पनि ह्यारीबाट हरि नेपाल परिवर्तन गरेका छन् | यस समाचार सुनेपछि नेपाली जनता हर्ष र उल्लासका साथ् सडकमा जय जयकार मनाउना उत्रेका छन् | "हरि आऊ देश बचाउ" को नाराले सारा रास्ट्र नै एकीकृत हुन पुगेको छ | यसै बीच नेपालका भुतपुर्ब राजकुमार पारसले पनि आफ्नो पुरानो हारले डेभिडसन् बाइक हरिलाई उपहारमा दिने घोषणा गरिबक्सेका छन् | 

कास्की बिकाश क्षेत्रका अध्येक्ष्य हार्दिक दीक्षितले हरि नेपालजीलाई नयाँ नागरिकताको एक थान पनि हस्तान्तरण गर्नु भएको छ |




Read Full Discussion Thread for this article