Posted by: cybernepali March 21, 2016
जिस्मका निर्देशक सहित अर्चना पनेरु प्रहरीको नियन्त्रणमा
Login in to Rate this Post:     0       ?        

चलचित्र ‘जिस्म’ युनिटलाई प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रणमा लिएको छ । पोखरामा सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित चलचित्र युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान भएपनी दर्ता नगरि फ्लोरमा गएका कारण प्रहरीले पक्राउ गरेको हो।

‘जिस्म’ युनिटलाई यतिबेला वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।विकास वोर्डको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले निर्देशक सहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु सहितको सम्पुर्ण युनिटलाई नियन्त्रणमा लिएको हो।

http://my.glamournepal.net/np/regional/8401/
Read Full Discussion Thread for this article