Posted by: Mrigtrishna March 16, 2016
Login in to Rate this Post:
6
?
Liked by
तिमी थियौ म थिंए, सिङ्गै एउटा रात थियो
नशा होइन तर पनि कुन्नि के को मात थियो|
त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा
मेरो अंग अंग छुने केवल तिम्रो हात थियो |
ओठ खुल्नै मानेनन् रत बोले आँखा मात्र
आँखै हेरी बुझ्यौ सबै,शब्द सायद घात थियो|
फ़ुकायौ एक पछि अर्को माया बाँधेका पोकाहरु
मौनतामा पनि हाम्रो ,ओहो कति बात थियो|
छताछुल्ल पोखिएँ म , तिम्रो न्यानो अंगालोमा
एक आँखामा समर्पण अर्को मा सपना खात थियो |