Posted by: cornelluniversity March 15, 2016
विदेशी हस्तक्षेप कांग्रेसले स्विकार्दैनः देउवा
Login in to Rate this Post:     0       ?        

युुवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटी नेपालको नक्सा उपहार दिएको छ । युवा संघले दिएको नेपालको नक्सा उपहार स्विकार गर्दै १३ औं महाधिवेशनबाट निर्वाचीत सभापति देउवाले युवा संघ नेपालले नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको मा धन्यवाद दिए ।

देउवाले युवाहरुले राष्ट निर्माण र संविधानको कार्यान्वयन गर्नका लागि गाँउ गाँउका युवाहरुलाई प्रशिक्षीत गनु पर्ने, राष्टको हित वाहिर विभिन्न प्रकारका गतिविधीहरु भइरहेले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । देउवाले राष्टलाई एकतावद्ध र कुनै पनि विदेशी हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने कुरामा जोड दिए ।

संविधानलाई कार्यान्वयन गदै राष्टलाई सम्वृद्धि र पार्टीहरुसंग एकता ,सहकार्य गदै जाने आश्वासन समेत दिलाए । उनले विभिन्न संवैधानिक निकायहरु रिक्त भएका पदको व्यवस्थापन गर्दै राष्टलाई नया ढंगले अगाडी वढाउनुपर्छ र संविधान कार्यान्वयनमा नेपाली कांग्रेस हरेक हिसावले लाग्ने जानकारी गराए ।

भेटमा संघका अध्यक्ष राजिव पहारीले नेपाललाई चारैतिरवाट प्रहार भएको भन्दै यसलाई वचाउन आग्रह गरेको प्रवक्ता प्रभात विक्रम कटवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहारीले सन् १९५० लगायत सवै असमान सन्धी सम्झौता खारेज गर्न, बैदेशिक हस्तक्षेपको अन्त्य गर्न, युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, महिनामा १७ भन्दा वढी युवा विदेश पलायन हुनवाट रोक्न र संविधान कार्यान्वयनको लागि कांग्रेस लगायत पार्टीहरु एक हुनु पर्नेमा जोड दिए ।


Read Full Discussion Thread for this article