Posted by: magorkhe1 March 6, 2016
सिमखेतको अस्थाइ घर
Login in to Rate this Post:     1       ?         Liked by
बाको मधेस अर्जाइ सङै हामी हरुलाई शिक्षा बाट बन्चित नहुन भनी शहरको नजिक पनि घर बनाएका थिए | मदेश छिराइ पछी पनि सगोलमा निकै लामो समय सम्म बसियो | मेरा दाजुभाइ र कजन हरु सबै शहरमा बस्थे भने म चै बा सँग मधेस मा बसेर प्राथमिक शिक्षा सकेको हुँ | यो तीन बर्षको बसाइ अनी हरेक छुट्टीमा मदेश छिराइले म बा सँग सबै भन्दा नजिक थिए , उनले मदेश छिर्दा दशौ बर्ष भोगेका भोगाइ हरु अनी आफन्तबाट भरिला आस्वासनमा कम्तिया (खेती हेर-बिचार गर्ने मनिष ) बनाइेको देखी डोकोमा बसेर पहाड फर्किदा पनि मदेश हाक्ने प्रण नछोडेकै कारण मदेशको बास पाइेको हो जस्ता कथा सुनेको छु | टुहुरो भनेको बा-आमा गुमाउनु मात्र हैन गाउका ठुला बडाको चक्रब्युह बाट पंन्छीन लाई पनि मधेश छिरेका हुन रे | एक पछी अर्को कती मुद्दा खेपे लेखा जोखा छैन भन्थे ?
बा का कजन डाक्टरि पढ्दै गरेको बेला कसैले दिएको भिटामिन को श्यामपल बा-लाई दिएका थिए त्यो इन्जेक्सन लगाए पछी भएको रियाक्सनले झन्डै मलाई पनि टुहुरो बनाएको थियो | बा-का कथा मेरो मन मस्तिस्कबाट हटेको छैन |

बाको प्रशादलाई आँफैले आँफैले बाटेको दाम्लो ठान्छु | बाले गाउका जग्गा हरेक छोरा हरुको नाममा जे जे दर्ता गरिएको थियो तेही तेही लियौ , अनी आमालाई शहरको घर जग्गा दियौ | मधेसको घर माइला दाइको नाममा भएको जग्गामा रहेछ, अन्तरे भाईले मधेशमा घर बनाउनु पर्‍यो भनी भएका गोठ देखी धन्सारका काठ, बाकल हरु निकालेर नयाँ घर बनाए |
काँन्छो भाई नगरपालिकाको जागिर पाए पछी घरमा फोन हाले तेस पछीमात्र घरमा सिधा संपर्क हुन थालयो | अनी भन्छन दाई मलाई तेरो भिटा जाग्गा बाट माटो काट्न दे, घर बारी पुर्छु |
माइला दाइले न बस भनेर अर्को घर बनाएको हो ?
त्यो त् हैन रे !
कहाँ बनायौ त ?
मेरो तोरीबारीसँग टासिएको सिम खेतमा बनाए रे ?
घरै बनाउनु थियो भने तोरिबारिमा बनाएर सट्टा भर्ना गरेको भए हुँदैन थियो भन्दा तेती खेर तेसतै भयो , भन्ने सुने पछी म बज्र स्वाठका पारा तन्किए : मैले पनि दिन्न भनी दिए |

यहाँ बाट सुरु हुन्छ मेरो कथा :
सिमखेत्मा बनाएको घर आज सम्म चित्त बुझेको हैन र छैन | घरी घरी यो सिमखेतमा बनाएको कुरा प्रसँग अप्रसँग बस म बाट निक्ली रहन्छ मेरो गन्थन एही सिम्खेतको घर हो ! घरै बनाउनु परे पनि त्यो भिटामा बनाएको भए त्यो जग्गाको सदुपयोग हुन्थ्यो। मलाई माटो काट्न देउ भनेको जग्गामा बा-का हरुवा हरुले च्यादरका छाना भएका घर बनाएर बसेका छन, त्यो जग्गा पनि अरुले ओगटेर बसे म चाँही माल पोत तिरीरहेको छु | उनले त्यही घर बनाएका भए घर को घर हुन्थ्यो अनी हरुवा बाट जग्गा ओगटिने त थिएन|सगै टासिएको तोरिबारि उनै बाट जग्गा किनेर अरुले घर बनाएका छन: उन्ले त्यहा घर बनाउन सक्दैन थिए र ?
अर्को बठ्याइ गरे : मुखमा माइला दाई र मेरो भिटा जग्गा पर्नेमा कान्छा काकालाई अगाडि सारी १६ फिटको बाटो छोडिदे , २-३ कोस तलको गाउ सम्म बाटो पुग्छ : एसो सम्झे मुखमा भएको जग्गा आफ्नै हो दाम त बढी हाल्छ भनी अहिले ११ फिट मात्र छोड्छु पछीलाई बिचार गरौला भनी ११ फिटे बाटो छोडे ; आफ्नो जग्गामा बाटो पुगे पछी अलिक भाउ आयो , आफ्नो जग्गा बेची दियो , मेरो जग्गाको पुच्छारमा गएर बाटोको अन्त्य मात्रै हैन तुहिएर गएको थियो |
अहिले नगरपालिका भए पछी ध्यानाकर्षणमा आएको छ |

मेरो कान्छो भाई एतै छन, चित्त नबुझेको कुरा भए पछी घरी घरि निक्लदो रहेछ " ज्वाँई तपाईंको टोपी चै मेरो " कथा जस्तो | खै दाई खेतीमा के के गर्‍यो थाहा भएन त्यो त अस्थाइ घर बनाएको हो भन्दै टाल्न खोजे | अनी मलाई अट्टहास गरी दोस्रो पल्ट हास्न मन लागेको थियो | पहिलो पल्ट् मेरा कजन, KU का प्रोफेसर हुँ भन्थे आफुलाई , IEEE को कनफरेन्समा भर्जिनिया आउनु अघी फोन गरी दाई त-कहाँ पनि निक्लन्छु नजिकै रहेछ भनेको सुन्दा (ईन्टरनेट खोलेर अमेरिकि नक्सा हेरेर नजिकै देखे )  |
अस्थाइ घर बनाइेएको  कुरा सुनिसकियो, कुनै दिन बिहे पनि अस्थाइ भन्ने निक्लेलान ?
Last edited: 07-Mar-16 07:58 AM
Read Full Discussion Thread for this article