Posted by: davidcollins February 7, 2016
नेपाली जनसम्पर्क समिति अमेरिका परिवार
Login in to Rate this Post:     0       ?        
नेपाली जनसम्पर्क समिति,अमेरिका परिवारका सदस्यहरु हरिबोल भण्डारी, वंशलाल तामाङ, सिंहबहादुर राना, मृदुला कोइराला, इन्दिरा थापा एबम रुद्र बहादुर खड्काज्यु लगायत प्रतिष्पर्धामा रहनु भएका सबै हितैषीहरु मातृ पार्टी नेपाली कांग्रेसको आसन्न १३ औ महाअधिबेशनका लागि देशका बिभिन्न निर्वाचन क्षेत्रबाट महाधिबेश प्रतिनिधि एबम महासमिति सदस्यमा निर्बाचित हुनुभएकोमा नेपाली जनसम्पर्क समिति,अमेरिका परिवार हार्दिक बधाई एबम शुभकामना व्यक्त गर्दछ | 
अमेरिकामा रहँदा जनसम्पर्क समितिमा कृयाशील रहेर मातृ पार्टीको माध्यमबाट मुलुकको सेवामा जुट्ने संकल्प लिनु भएका तपाईंहरु सबैलाई नेपाली जनसम्पर्क समिति,अमेरिका परिवार उत्तरोत्तर प्रगतिको कामना गर्दछ |
साथै देश भरिबाट चुनिनुभएका सम्पूर्ण म्हाधिवेशन प्रतिनिधि एबम महासमिति सदस्यहरुमा बधाई एबम शुभकामना | आसन्न महाधिबेसनले पार्टीभित्र एकता र संकटमा रहेको मुलुकलाई निकास दिन मद्दत पुगोस् | 
आनन्द बिष्ट 
सभापति एबम 
नेपाली जनसम्पर्क समिति अमेरिका परिवार
Read Full Discussion Thread for this article