Posted by: clubmanhattan February 2, 2016
हामी चाडै सँगै हुनेछौं फेरि ।
Login in to Rate this Post:     0       ?        
जीवनका २१ वसन्त सँगसँगै पार गर्यौ, हामीले । एउटै घरमा हुर्किर्यौ, एउटै थालमा खायौं, एउटै विद्यालयमा पढ्यौ । एकादुई दिन बाहेक हामी छुट्टिएर (टाढा) बसेको खासै याद छैन । २१ वर्षको यात्रामा हामीबीच एकअर्कालाई साथ/सहयोग, समस्याको छलफल र कसरी अगाडी बढ्ने भन्ने कुरामा बढी छलफल भयो । "तिमीहरु दिदीबहिनी कि साथीसाथी ?" भनेर मान्छेहरुले गर्ने प्रश्नमा हामीले कहिल्यै उत्तर दिएनौं, किनकी हामी कुनै एउटामात्रै नातामा थिएनौं । ‪#‎अहिले‬ आएर परिस्थितिले हामीलाई केही टाढा बनायो । निकै अप्ठ्यारो महसुस भइरहेको छ । सायद यो केही समयमात्रै रहन्छ । तर यो थोरै समय बिताउन पनि निकै नै पिडा, छट्पट्टी र एकअर्काको अभाव महसुस भइरहेको छ । ‪#‎र‬ भन्न मन लाग्छ, हामी दिदीबहिनीमात्रै होइन,एकदमै मिल्ने साथी पनि हौं 
Read Full Discussion Thread for this article