Posted by: instagram January 31, 2016
Nepali marriage beuro
Login in to Rate this Post:     0       ?        
मिति जनावरी 31 , 2016
आदरणीय हुनेवाला सासु आमा मनसा जी
साझा डट कम

              बिषय : छोरी पाम भन्ने
       उपरोक्त बिषय मा म तपाई को ज्वाइ बन्न आफुलाइ लायक सम्झी तपाई को ज्वाइ बन्न पाम पाम पाम भनेर यो निबेदन पत्र कोर्दै छु।
         म बर्ष 29 (हजुर को छोरी भन्दा 1 बर्ष बड़ी) को गहु गोरो सिलिम जिउ डाल को नोर्मल नेपाली हाइट 5'6 (हजुर को छोरी भन्दा 1 इंच बड़ी)भएको नेपाली थर को लक्का जवान पुरुष (ग्यारेन्टी का साथ) हु । बड़ी को हिसाब मा हाल म संग 1 प्याक रहेको र बाकी 5 प्याक आउने क्रम मा छ । अरु जिउ पनि सबै नेपाली औसत रूप मा छ ।
         काम को हिसाब मा म TI छेत्र मा काम गर्छु । ठ्याक यती नै कमाई हुन्छ भन्ने ग्यारेन्टी नभए नी टन्न कमाउछु ।  तपाई को छोरी लाई 5 तारे मा लगेर दैनिक भोजन गराउन नसके पनि 5 डॉलर को जैक्सन हाइट को हलाल बिहान बेलुकै टन्न खुवाउन सक्ने हैसियत राख्द छु ।
           पढाई को कुरै नगरम सासु आमा , कॉलेज ले भयो बाबू त अब नआइज भनेर सम्मान पुर्बक पत्र पठाएर घर बस भनेको मान्छे हु ।
खानदान को हिसाब मा भन्न पर्दा बा अस्ति भर्खर अख्तियार ले निकालेको उच्च पदस्त भ्रस्टाचारी को लिस्टा परे। बाकी आफै सोचनुस ।
         आस छ मेरो यो निबेदन स्वीकृत गरी हजुर ले मलाई आफ्नो ज्वाइ बन्ने सुबर्न अबसर दिनु हुने छ ।
छोरी दिनुस परेको म बेहोरुला ।
हजुर को जो आज्ञा ।

भाभदयी
फेसबुक
साझाडटकम
Read Full Discussion Thread for this article