Posted by: IT_Guy January 19, 2016
Guys Beware of Girls
Login in to Rate this Post:     0       ?        
चार वर्षअघि भारतीय मूलका एक क्यानेडियन युवक डेओको काठमाडौंकी एक युवतीसँग सामाजिक सञ्जालमा भेट भयो। उनीहरूबीच कुराकानी बाक्लियो।

आमने सामने नभए पनि भर्चुअल संसारमा भएको भेट र च्याट गरेकै भरमा उनीहरूबीच माया बस्यो। क्यानडामा इलेक्ट्रोनिक इन्जिजियरका रूपमा काम गरिरहेका डेओ उनले च्याट मार्फत भेटेकी प्रेमिकाप्रति धेरै नै प्रतिबद्द देखिए।
त्यो प्रतिबद्दताको परीक्षण गरिन उनकी नेपाली प्रेमिकाले। डेओसँग उनले घरभाडा तिर्न र घर खर्चका लागि पैसा माग्न थालिन्। उनले नकारेनन्। मासिक ७५ हजार पठाउन थाले प्रेमिकाका लागि। 

‘लभ’ परेको एक वर्षमै डेओले उनीसँग विवाह गर्ने प्रस्ताव राखे। युवतीले केही न केही बहाना निकाल्दै विवाह गर्ने समय धकेल्दै गईन्।

२ वर्षअघि डेअो आफ्नी प्रेमिका भेट्न क्यानडाबाट काठमाडौं आए। ठमेलको एक होटलमा बसे। युवतीलाई त्यहीँ भेटे।
त्यसपछि उनीहरू सिंगापुर गएर २० दिन बसे। त्यतैबाट थाइल्याण्ड गए। नेपालमा आएर प्रेमिकालाई छोडेर उनी क्यानडा फर्के ।

भाइको विवाहको बहानामा युवतीले डेओसँग थप पैसा मागिन्। डेओले मागेको रकम पठाइदिए।

भाइको बिहेपछि डेओले फेरि विवाह गर्न प्रस्ताव गरे। बुबा बिरामी हुनुहुन्छ भनेर उनले टारिन्। बुबाको उपचार गर्ने पैसा छैन भन्दै डेओसँग उल्टो रकम मागिन्। उनले फेरि पठाइदिए।

विवाहको लागि डेओले कर गर्न थाले। उनकी प्रेमिकाले बुबाको मृत्यु भएको खबर पठाइन् र भनिन्, ‘अब एक वर्ष बिहे गर्न मिल्दैन।’

गत वैशाखमा नेपालमा ठूलो भूकम्प गएपछि डेओको मन थामिएन। अब विवाह गरेर आफ्नी प्रियतमालाई सधैँका लागि क्यानडा लैजान उनी नेपाल आए। यसपल्ट युवतीले तिमीसँग म बिहे गर्दिन ‘सरी’ भन्दै फोन काटिन् र भेट्न मानिनन्।
युवतीले विवाह गर्न त के भेट्न पनि नमानेपछि डेओ छाँगाबाट खसे जस्तै भए।

डेओ अहिले आफूलाई न्याय दिनुपर्‍यो भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका छन् । आमासहित प्रहरी कार्यालयमा भेटिएका उनले ती युवतीलाई वैशाखसम्ममा १ करोड भन्दा बढी नेपाली रुपैयाँ पठाएको बैंक स्टेट्मेन्ट देखाए।
‘म अन्यायमा परेँ, मलाई उनले धोका दिइन् र ठगिन्, मलाई न्याय चाहियो’, उनले भने।

भावुक हुँदै डेओले थपे, ‘विभिन्न बहानामा उनले मसँग रकम मागिन्, मैले कुनै शंका नगरी दिएँ। उनको नियतनै खराब रहेछ।’

न्याय पाएपछि मात्र आफू क्यानडा फर्कने उनले सेतोपाटीलाई सुनाए।

प्रहरी श्रोतका अनुसार काठमाडौं प्रहरीले ती युवती पत्ता लगाइसक्यो। ‘उनले तीन महिनाअघि मात्रै अर्को युवकसँग विवाह गरेकी छन्,’ प्रहरी श्रोतले भन्यो, ‘अब यी युवालाई कसरी न्याय दिलाउने हामी पनि सोच्दै छौं।’

यस विषयमा काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाको नेतृत्वमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

URL: http://setopati.com/samaj/40000/
Read Full Discussion Thread for this article