Posted by: cybernepali January 12, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        



पुस २४ । चर्चामा आउन ‘खादा’ले आफ्नो गुप्ताङ्ग छोपेर फोटोसुट गरेकी शुभेच्छाले सर्वत्र आलोचना भएपछि माफी मागेकी छिन् । फोटोसुटपछि सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना हुन थालेपछि उनीले माफी मागेकी हुन् । उनले विज्ञप्ति नै निकालेर ध्यान नपु¥याई फोटोसुट गर्दा गल्ती भयो भन्दै माफी मागेकी हुन् । खादामा मन्दिर छैन भन्ने सोचेर पनि यस्तो फोटोसुट गरेको हुँ ।

तर, कुनै जातधर्मको विरोध गर्न यस्तो गरेकी होइन ।’ उनले आफूले अन्जानमा गरेको गल्तीप्रति क्षमायाचना माग्न चाहेको बताइन् । अन्जानमा गल्ती भइहाल्यो,’ शुभेच्छाले भनेकी छिन्, ‘यसप्रति म दुःखी छु । मेरो आफ्नो गल्तीप्रति क्षमायाचना चाहन्छु ।’
‘खादा’ तामाङ समुदायले मात्र नभएर पछिल्लो समय सम्पूर्ण नेपालीले मर्दापर्दा वा हरेक कार्यमा प्रयोग गर्न थालिएको छ । यस्तो अवस्थामा शुभेच्छाले ‘खादा’ लाई आफ्नो अश्लील अंग ढाक्ने बस्तु बनाएपछि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनको आलोचना भएको थियो ।


http://vishwanews.com/MenuPages/content/details.aspx?cat=11&news_id=8907

Read Full Discussion Thread for this article