Posted by: businesstycoon January 7, 2016
यो अति नै भयो !
Login in to Rate this Post:     0       ?        
एन आर एन बिस्व भरि छरिएर रहेको नेपालीहरुको एउटै मात्र साझा संगठन हो ! यो बास्तबमै प्रबासी नेपालीहरुको हितको निम्ति मात्रै नभएर आफ्नो मुलुकको सेवा अनि बिकास तर्फ उन्मुख हुनु हो ! बिगत देखि पनि यस् सस्थाले धेरै राम्रा राम्रा कार्यहरु गर्दै आएको छ ! दुखमा साथ् दिने सस्था एन आर एन ले भुकुम्प ग्रस्त अवस्थामा पनि उत्तिकै मानविय पुकार तथा कार्य सेवा प्रदान गरेको सराहनिय योग्य देखिन्छ हामी सबैलाई सर्बबिदितै छ ! तर आज एक्कासी एन आर एन जस्तो गरिमामय सस्था भनेर चिनिएको सस्थाको जिम्मेवार व्यक्तिहरुले गैर घृणित कार्य गरेको भन्ने समाचार सम्प्रेषण भएको सुन्नमा आउदा निश्चय पनि दुख लाग्छ ! यदि यस्ता कार्य गर्छन भने कसरि अन्य सोझा प्रबासी नेपालीको हितको लागि के नै गर्ला ? वाह उल्टै ठग्ने ??यो भन्दा पराकाष्ट अरु के नै होला र ! यसको घोर आपात्ति तथा भत्सर्ना गर्दछु ! कोहि भुकुम्प पिढितको नाम बाट उठाएको रकम झ्वाम्म पार्ने अनि आफ्नै नाम बाट रेस्टुरा ब्यबसाय खोल्ने ! कति सम्म गिरेर काम गर्दो रहेछ त किन एन आर एन को लागि मरि मेट्ने किन हान थाप गर्नु पर्ने भनेको त यहि पो रहेछ ! अब केन्द्रिय समन्वय परिषदले के कस्तो कारबाही को प्रक्रिया थालनी गर्ने हो हेरौ आशा गरौ !
Read Full Discussion Thread for this article