Posted by: businesstycoon January 2, 2016
२१ औ शताब्दी संग तौलेर कुरा त िमठो गर्दैछौ
Login in to Rate this Post:     0       ?        
भद्र र शालीन िबमती अन्तर्गत भन्नुपर्दा संसारमा सबैले टोपी नलगाए पनी कट्टु चै लगाउछन् जस्को फरक महाशयलाई संझाऊन ज़रूरी ठान्दीन । जहॉसम्म मलाई लाग्छ कट्टु दिवस चै यो धर्तीमा तपाई हामी िजउदो हुन्जेल सम्म कुनै नेपाली देख्न र सुन्न चै पर्दैन होला । आफ्नो संस्क्रीतीक परिपाटी र भेषभुषालाई कुनै राजा र रजौटाको राष्ट्रवादमा जोड्न पनी आवश्यक छैन होला भन्छु म त । नेपाल भन्ने मुलुकमा पौराणिक क़ाल देखी टोपी लगाऊने प्रचलन छ समय, जात र भाषी अनुसार टोपीको बनोट मात्र फरक हो । हामी २१ औ शताब्दी संग तौलेर कुरा त िमठो गर्दैछौ तर आफ्नै िजजुहजुरबा, हजुरबुबा वा बुवाले बिना टोपी लगाएको कुनै फोटो भेट्याउन सक्दैनौ यो यथार्थ इितहास हो ।
Read Full Discussion Thread for this article