Posted by: businesstycoon January 2, 2016
बिषय र प्रसंगले अर्को अर्थ नलागेमा
Login in to Rate this Post:     0       ?        
अहिले नेपालीलाई फेसबुकमा तस्विर हाल्न सिर्फ बहाना चाहिएको छ, आज "टोपी दिवस" मा जसरी उन्मादी फेसबुके उत्सब र प्रदर्शन भएको छ भोली कसैले "कट्टु दिवस" आव्हान गर्यो भने त्यसो गर्न पनि हाम्रा मान्छे पछि पर्दैनन् | त्यस्तो प्रदर्शनीमा फरक उमेर समुहकाहरु देखा पर्लान तर त्यस्तो उन्माद अबको यो देखिने र देखाईनु पर्ने युगमा कमी हुँदैन | हामीलाई त सिर्फ बहाना चाहिएको छ | 
बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र नेपालमा यो एकै खाले टोपीलाई राष्ट्रियतासंग जोड्नु कति तार्किक, ईतिहाससम्मत र यथार्थपरक हो जान्ने बुझ्ने हरुले गहन बहस गर्लान र गर्नु पर्ने बेला आएको छ | "ब्याक अफ ईन्डिया" देखि "टोपी दिवस" सम्ममा देखिएका यी झाँकी र तामसी उत्सबहरुले मृत महेन्द्रीय राष्ट्रबादको भुत जगाउने दुस्वप्न राखेको आभास हुन्छ |
माफ गर्नु होला, तपाई र तपाईको शिरलाई उच्च राख्न तपाईले रोज्नु भएको टोपी प्रति मेरो उच्च सम्मान छ, जुन तपाईको स्वाधीन रोजाई हो | तर चार दर्जन भन्दा बढी आकार र प्रकारको टोपी लाउने नेपाल राष्ट्रका नागरिकले जलप र आलेपमा राष्ट्रवाद प्रदर्शन गर्न जानी नजानी प्रदर्शन गरेको यो टोपी राष्ट्रवाद प्रति भने मेरो भद्र र शालीन बिमती छ | राष्ट्रवाद "टोपी" या "धोती" मा होइन आचरण, ब्यबहार, मन र यथार्थमा हुनुपर्दछ |
Read Full Discussion Thread for this article