Posted by: taraniraula January 1, 2016
प्रचण्डले गरेको भ्रष्टाचारको पोल खोल्ने एमाओवादी नेताकै चेतावनी, प्रचण्ड संकटमा
Login in to Rate this Post:     0       ?        
आज म तपाईहरु मार्फत इतिहासका निर्माता आदरणीय जनममुदाय समक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी९माओवादी०समूहका नाममा मुद्दा दायर गर्न चाहन्छु । आफनो रगत पसिनाको एउटा अध्यायको अन्त भएको र अर्को अध्याय शुरु भएको घोषणा पनि तपाईहरु मार्फत गर्न चाहन्छु । 
१) हामी एमाओवादी भित्रका इमान्दार क्रान्तिकारीहरुले २०७१ साल श्रावण ६ गते देखि मालेमावादबाट विचलन र कम्युनिष्ट पार्टीको विघटनलाई रोक्न पार्टीभित्र आलोचना र आत्मलोचनाको विधिलाई साँस्कृतिक क्रान्तिको स्तरमा उठाएर बहस शुरु गर्न माग ग¥यौं । यसै शिलशिलामा पार्टी अध्यक्षलाई नै भेटी क्रमशः ‘महान् सर्वहारा सास्कृतिक क्रान्तिः आजको आवश्यक,कष्टसाध्य र महान् कार्यभार’ र ‘अब के गर्ने ?’ दर्ज गरायौं । त्यस क्रममा तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भटराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरुलाई आफनो कुरा राखी प्रतिलिपिहरु बुझाएका थियौं । नेतृत्वले ती प्रस्तावहरु दर्ज भएको जानकारी बाहेक कुनै पनि बहसको शुरुआत गराएन । एक वर्षसम्म घिसेपिटे तालमा एउटै बैठकमा चक्कर लगाइरह्यो । केन्द्रीय समिति र जनतालाई एउटा क्रमभंगका लागि प्रतिक्षा गरौं भन्दै अन्ततः समाजवादी क्रान्तिको रणनीति र पुरानै राज्यसत्तालाई टिकाउन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धताको अन्तरविरोधपूर्ण कार्यनीति बनाएर नेतृत्वले जनताप्रति विश्वासघात गरेको छ । 
२) हामीले शहीद परिवार, वेपत्ता योद्धाका परिवार, घाइते अपाङग योद्धाहरु र शोषित उत्पीडित जनताको सपना पूरा गर्न साँस्कृतिक क्रान्ति अन्तर्गत विचारधारात्मक रुपमा स्कूलिङ ,अध्ययन र अनुसन्धान गरौं, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्ने र खुइल्याउने प्रवृत्ति र यौन अराजकता विरुद्ध आत्मआलोचना र आलोचनाको क्रान्ति गरौं भन्ने आवाज उठायौं । स्वयं अपराध र भ्रष्टाचारमा मुछिएको नेतृत्वले सुन्दै सुनेन ।
Read Full Discussion Thread for this article