Posted by: businesstycoon December 30, 2015
Carola Häggkvist in Nepal
Login in to Rate this Post:     0       ?        

जब उनले बादी समुदायका युवती बेचबिखन सम्बन्धी जानकारी पाइन्, त्यसपछि उनको मन एकतमासको बन्यो । त्यही मन लिएर यतिबेला स्वीडेनकी गायिका क्यारोला हगविस्ट नेपाल आइपुगेकी छन् । ४९ बषिर्या यी गायिका आफ्नो गायकी खुबीमात्रै लिएर आएकी छैनन्, बादी समुदायलाई सघाउने महत्वाकांक्षी योजना पनि उनिसित छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले द लाइट हाउस फाउण्डेशनमा आश्रय लिई रहेका वादी महिला तथा बालबच्चाको लागि आवास गृह निर्माणको लागि २ वर्षभित्र करिब १ मिलियन अमेरिकी डलर जम्मा गर्ने लक्ष्य सुनाइन् ।

सन् १९८० देखि नै स्वीडेनको मोस्ट पपुलर गायिकाको सुचीमा पर्दै आएकी यिनी मौसमी गीतकार पनि हुन् । उनको 'स्टे्रन्जर' एल्बम एक मिलियन प्रति भन्दा बढि बिक्री भईसकेको छ । नेपाल आउन नपाएपनि पाँच वर्ष अघिदेखि उनले नेपालका वादी समुदायका महिलाको जीवनस्तर उठाउनको लागि सहयोग समेत गर्दै आइरहेकी छिन । पहिलोपटक नेपाल आउने साइत जुराएकी क्यारोलाले बुधबार भनिन्, 'नेपालका लागि म एउटा खुशी बन्न चाहन्छु, यहाँका मान्छेहरु निकै मनकारी हुँदारहेछन् ।' उनले पत्रकार सम्मेलनमा आफ्नो गीत 'वि क्यान मेक चेन्ज...' समेत गाइन् । लाइट हाउस फाउन्डेशनमा आश्रय लिइरहेका बादीहरुकै सहयोगार्थ क्यारोला नेपाल आएकी हुन् ।
बिहिबार हुने फाउन्डेशनको छैठौं वाषिर्क उत्सवमा क्यारोलाले केहि गीत गाउने छिन् । उनले फाउन्डेशनमा रहेका बादी महिलासंग आफ्ना मनका भावना समेत साटिन् । समय अनुकुल सबै समस्या समाधान हुन्छ भन्दै उनले धैर्यता राख्न पनि आग्रह गरिन् । नेपालको प्राकृतिक सौन्दर्यप्रति आफु नतमस्तक भएको पनि उनले सुनाइन् । क्यारोलाले चेलिबेटी बेचबिखन समस्या समाधान गर्न आफु निकै संवेदनशील रहेको पनि जनाइन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहिबार उनले आफ्नो प्रस्तुती दिने छिन ।

Read Full Discussion Thread for this article