Posted by: thukka December 29, 2015
Photos for blanket | Funds or help needed
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रो PM बिद्या देवी राष्ट्र पति भएको मा र आफु प्रधान मन्त्रि भएको मा मस्त छ , बिचरा जनता चिसोले मार्दै छन् ,
हामी सबैको सहयोग ले जनता चेसोले मर्न बाट जोगिन सक्छन

just copied and pasted email from NST


[NST] NST को अभियान- एक व्यक्ति एक ब्ल्यांकेट दान‏

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,

नेपालमा लामो समय अघि गएको भूकम्प का पिडितहरुको अझै ब्यबस्थापन हुन सकेको छैन। शीत चुहुने र स्याठ छिर्ने टहरो भित्रको चिसो को कारण हाल सम्म १२ जनाको ज्यान गै सकेको जानकारी ले हामी सबैलाई स्तब्ध बनाएको छ।

हामी तातो न्यानो मा छौ हाम्रा नेपाली दाजुभाई दिदिबैनिहरु जाडो को कारण मृत्युबरण गर्न बाध्य छन। यतिखेर 'NST को अभियान- एक व्यक्ति एक ब्ल्यांकेट दान' सहित अघि बढेको छ। सबैले आ-आफ्नो स्थान बाट चिसो पिडित नेपालीहरु लाई न्यानो बनाउन सक्दो सहयोग गरिदिन हुन हार्दिक आव्हान गर्दछौ। ब्ल्यांकेट डाइरेक्ट पिडितहरू को मा पुर्याउने गरि कार्य अघि बढिरहेको जानकारी समेत गराउदछौ।

यस दुखद घडीमा मृत आत्मा को चीर शान्तीको कामना गर्दै सम्पूर्ण शोक-शन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन हामी सम्पूर्ण यहि कामना गर्दछौ।

यस सहयोग अभियान मा समाजसेवी श्री भानु खरेल ज्यू ले $५०००.०० (पाच हजार डलर) सहयोग गर्ने घोषणा गर्नु भएको हुँदा उहालाई NST हार्दिक धन्यबाद ज्ञापन गर्दछ।

आर्थिक सहयोग मात्र accept गरिनेछ।

Donation Online: https://www.ournst.org/donation.php

क्रमश थप जानकारी गराउदै जानेछौ।

धन्यवाद,
विजयराज भट्टराई 
नेपाली समाज टेक्सास (NST)

-- 
Thanks,

Bijay R. Bhattarai



-- 
Nepalese Society, TX
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7777
E-Mail: admin@ournst.org
https://www.ournst.org
--- 
Last edited: 29-Dec-15 09:24 PM
Read Full Discussion Thread for this article