Posted by: iLLumination December 23, 2015
पेरिस र ट्वीनटावर हमलाको भविष्यवाणी गर्ने बाबाको अर्को खतरनाक भविष्यवाणी, अब कहाँ ?
Login in to Rate this Post:     0       ?        

डेलिमेल । बुल्गेरियामा जन्मिएका एक रहस्यमयी बाबा भेङ्गाले मुस्लिम संगठनले युरोपमा हमला गर्नेबारे पहिले नै भविष्यवाणी गरेका थिए । उनले २०१६ मा ठूलो मुश्लिम युद्ध हुने भविष्यवाणीसमेत उनको थियो । जसको सुरुवात २०१६ सुरु हुनैलाग्दा पेरिसबाट भईसकेको छ ।

baba vanga
बाबा भेङ्गाको मृत्यु सन् १९९६ मा ८५ वर्षको उमेरमा भएको थियो । उनी दृष्टिविहिन थिए । उनको ८५ प्रतिशत भविष्यवाणी सत्य सावित हुने विश्वास गरिन्छ । उनले भनेअनुसार अमेरिकामा २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला भयो, सन् २००४ मा आएको सुनामी र मुस्लिमहरुको हमलाबारेकाे भविष्यवाणी पनि पूरा भइसकेको छ ।

vanga,

उनले अरब राष्ट्रबाट २०१० देखि ठूलो मुश्लिम युद्धको सुरुवात हुने भविष्यवाणी गरेका थिए । डेलीमेलकाअनुसार उनले अफ्रिकीमुलका अमेरिकी नागरिक अमेरिकाको राष्ट्रपति बन्ने भविष्यवाणीसमेत गरेका थिए । बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि उनको यो भविष्यवाणी पनि मिल्यो ।

बाबा भेङ्गाले यूरोपले सन् २०१६ मा आतंकवादी हमलाको सामना गर्नुपर्ने बताएका थिए । उनले भनेको साल सुरु हुनै लाग्दा पेरिसमा ठूलो आतंकवादी हमला भइसकेको छ । युरोपका अन्य सहरहरु पनि उच्च जोखिममा छन् ।is

 

आगमी समयबारे उनले गरेका भविष्यवाणीहरु यस्ता छन्:

उनको भविष्यावाणी अनुसार सन २०३३ मा पृथ्वीको हिमाली क्षेत्र पग्लिएर जानेछ । वैज्ञानिकलेसमेत यो तथ्यलाई इन्कार गरेका छैनन् । यदि यस्तो हुने हो भने सगरमाथा पनि नरहन सक्छ । जसले नेपालीको एउटा गर्व गर्न लायक पहिचान खोसिन सक्ने खतरा छ ।

सन् २०४३ मा यूरोपमा इस्लामिक सत्ताले हमला गर्नेछ, यसको केन्द्र इटालीको रोम हुनेछ । २०४६ मा हरेक व्यक्ति अंग निर्माणमा लाग्ने छन् । सन् २०६६ मा एक मस्जिदमा ठूलो हमला हुनेछ । त्यसपछि अमेरीकाले अभूतपूर्व हतियार प्रयोग गर्नेछ, जसका कारण पृथ्वीको तापमानमा निकै ठूलो गिरावट आउनेछ ।

सन् २१०० मा यस्तो कृतिम सूर्य बन्नेछ, जसले धर्तिको अध्याँरो हिँस्सामा प्रकाश दिन प्रयास गर्नेछ । सन् २१११ मा मानिस र रोबोर्ट मिल्ने छन्, जसलाई साइबोर्स भनिने छ । सन् २१५४ मा जीवहरु मिकरुपमा विकास हुँदै आधा मानिस बन्नेछन् ।

सन् २१७० मा पृथ्वी भिषण सुख्खा हुनेछ । सन् २१९५ मा एलिन्स र मानिस मिलेर पानीको गहिराईभित्र सहर बसाउने छन् । सन् २२०१ मा सूर्यको न्युक्लीयर क्रियामा ठूलो बदलाब आउनेछ । सूर्य फिक्का हुनेछ, तापमानमा धेरै गिरावट आउनेछ ।

सन् २२८८ मा समयको यात्रा संभव हुनेछ, मानिसहरुले दोस्रो ग्रहसँग सम्बन्ध बनाउनेछन् । सन् २४८० मा दुई कृत्रिम सूर्य एकआपसमा टकराउने छन् । धर्ति अध्याँरोमा डुब्नेछ । सन् ३००५ मा मंगलग्रहमासमेत युद्ध हुनेछ ।

- See more at: http://www.sajhapost.com/2015/12/10/26020.html#sthash.ta0hf8Fz.dpuf
Read Full Discussion Thread for this article