Posted by: metta December 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     1       ?         Liked by
खड्कालाई संरक्षण गरेको आरोप पछिल्लो समय नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको विषयलाई लिएर अख्तियारका पदाधिकारीवीच अन्तरविरोध सतहमा आएको हो । खड्काको विषयमा परेको उजुरीमाथि अख्तियारले छानविन गरिरहेको भन्दै प्रवक्ता कृष्णहरी पुस्करले पत्रकार सम्मेलन गरेकोप्रति आयुक्तहरुले नै अनभिज्ञता जनाएका छन् । स्रोतका अनुसार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले निगम प्रमुख खड्कालाई कारवाही वा छानविन गर्नुको साटो उल्टै उनको संरक्षण गरेको र प्रवक्ताले छानविन हुँदैछ भनेर जनतालाई ढाँटेको आयुक्तहरुको गुनासो रहेको स्रोत बताउँछ । ‘गोपालबहादुर खड्कामाथि छानविन हुँदैछ भनेर कसैले विश्वासमा नपरे हुन्छ, अख्तियार प्रमुखले उनलाई संरक्षण गरिरहेका छन्,’ स्रोतले भन्यो, अख्तियारले आयोजना गरेको पत्रकार सम्मेलनबारे पदाधिकारीहरुलाई जानकारी नै दिइएको छैन, खड्कामाथि अख्तियारले कुनै छानविन गरिरहेकै छैन ।’ http://www.onlinekhabar.com/2015/12/357619/

लोकमानको ज्वाइँ नाता परेकै कारण अकुल सम्पत्तिको उजुरी र आयल निगमको भ्रष्टाचारका दर्जनौँ दृष्टान्त हुँदाहुँदै पनि गोपाल खड्का किन जोगिन्छन् ?
http://janaaasthanews.com.np/653
Read Full Discussion Thread for this article