Posted by: metta December 19, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
यस्तो छ नेपाली फुटबलमा भएको नीतिगत भ्रष्टाचारको नालीबेली
यस्तो छ नेपाली फुटबलमा भएको नीतिगत भ्रष्टाचारको नालीबेली


फिफाको इथिक्स् कमिटिले फेरी अनुसन्धानलाई तीब्र बनायो । फलस्वरुप गत अक्टोवरमा ब्लाटर र युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीलाई ९० दिनको प्रतिबन्ध लगायो । एक महिनापछि एन्फा अध्यक्ष गणेश थापालाई पनि फिफाको अनुशासन कमिटिले घुस लिएको ठहर गर्दै १० वर्षको प्रतिबन्धका साथै २१ लाख रुपैयाँ जरिवाना ग¥यो । फिफाको स्वतन्त्र आचार समिति अन्तर्गत न्यायिक निकायको बैठकले सन् २००९ र सन् २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा थापाले घुस लिएको लगायत विभिन्न अनियमितता गरेको ठहर गरेको थियो  ।

थापाबाटै सञ्चालित एन्फा
फिफाले गणेश थापालाई घुस लिएको ठहर गर्दै १० वर्षको प्रतिबन्ध र २१लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेपनि एन्फा अहिले थापाकै छत्रछायाँमा सञ्चालित छ । एन्फा अहिले पनि गणेश थापाकै नीतिमा चलिरहेको छ  । थापाले एन्फालाई मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई कार्यवाहाक अध्यक्ष बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको एन्फाको नियमअनुसार पदाधिकारी बन्न साधारण सदस्य हुन अनिवार्य छ ।

मनोनित गरेर उपाध्यक्ष बन्न नपाइने विधानमा उल्लेख छ । तर, श्रेष्ठलाई मनोनयन गर्दै वरिष्ठ उपाध्यक्ष बनाइएको छ । एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको थियो भने दुई उपाध्यक्षहरु शेर्पा र मानन्धरलाई एन्फाले कारबाही गरेको थियो । त्यसपछि थापाले आफ्ना विश्वासपात्र श्रेष्ठलाई उपाध्यक्षमा ल्याएका हुन् । 

‘एन्फाको विधानअनुसार पदाधिकारी नियुक्त हुनलाई साधारण सदस्य हुनुपर्छ । यस्तै उपाध्यक्ष मनोनित गर्न पाइँदैन ’ शेर्पाले भने, ‘तर, एन्फाले कर्मचारीलाई उपाध्यक्षमा मनोनित गरेर विधान विपरितको काम गरेको छ । थापा फुटबलबाट बाहिरिएपनि फुटबलमा अझै पनि नीतिमा भ्रष्टाचार भैरहेको छ । अब फुटबलको विकास गर्न सरकारले सबै पक्षलाई मिलाउनुपर्छ ।’ 

http://www.nepalipatra.com/news/trend/corruption-in-nepali-football/94#sthash.AFAz5z7v.dpuf

म माथि लागेको आरोप प्रमाणित भए फाँसी दिईयोस:गणेश थापा

हमामसँग लिएको रकम व्यापारिक प्रयोजनको

अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफूमाथि लागेका आरोप प्रमाणित भए फाँसीँ दिन सरकारसँग आग्रह गर्ने बताएका छन्।

एन्फा कम्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले आरोप प्रमाणित भए सँजाय मात्र कम हुने हुदाँ आफूलाई फाँसी दिनुपर्ने भन्दै सरकारसित आग्रह गर्ने बताए।

'फुटबलको रकम गणेश थापाले ब्याजमा लगानी समेत गर्‍यो भनेर साथीहरुले प्रश्न उठाएछन्' उनले भने, 'उनीहरुले राखेका १८ वटा मागमध्ये एउटामात्र प्रमाणित भए मलाई फाँसी दिए हुन्छ।'

नेपाली फुटबल र खेलकुद क्षेत्रमा आफूले आँच आउने कुनै काम नगरेको थापाको दाबी छ। भोट किन्न आफूले रकम लिएको भन्ने समाचारको उनले खण्डन गरे। आरोप प्रमाणित भए एक मिनेटमै पद छाड्ने उनले चेतावनी दिए।

फिफा पूर्व अध्यक्ष बिन हमामसँग आफूले व्यापारिक प्रयोजनका लागि रकम लिएको उनले बताए। हमाम कम्पनीसँग आफूले सन २००८ देखि साझेदारीमा व्यापार पनि गरिहेको उनले बताए। कुन व्यवसाय गरेको भनेर थापाले खुलाउन चाहेनन्।

कतारी फुटवल क्लवसँग एन्फाले २ लाख डलर लिएको बताउँदै संचारमाध्यममा आएजस्तो ८ लाख डलर नलिएको दाबी गरे।

एन्फाका बारेमा अर्न्तराष्ट्रिय रुपमै छानबीन भइरहेकाले त्यस विषयमा आफूले सम्पूर्ण कागजात बुझाइसकेको बताए।

थापा विरुद्ध आन्दोलनमा उत्रिएका एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको समूहलाई उनले झुम्राहरुको संज्ञा दिए। 'चुनाव हारेका झुम्रा साथीहरु यस अघि मसगै थिए, थापाले भने अहिले किन निहुँ खोज्दैछन् मलाई थाहा भएन ,एन्फा निर्वाचनमा अहिले असन्तुष्ट रहेका साथीहरु नै मेरो प्रस्तावक र समर्थकमा रहेको थिए।'

१९ वर्षसम्म थापा एन्फा अध्यक्ष छन्। १९ वर्षसम्ममा एन्फामा आर्थिक अनियमितता भएको भन्दै यसअघि ४ वटा सरकारी छानबिन समिति समेत गठन भएका थिए। ती गठन भएको समितिले एन्फाभित्र आर्थिक पारदर्सिता भएको नै बताएको थियो।

एन्फाभित्रको आर्थिक क्रियाकलाप छानबिन गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खेदकुद मन्त्रालय, नागरिक समाज लगायत सम्बन्धित सबैसँग आग्रह गरे।

 प्रकाशित मिति: सोमबार, आषाढ २, २०७१ 

http://setopati.com/khel/12859/
Read Full Discussion Thread for this article