Posted by: waldroffastoria December 3, 2015
नेपाल राजनीतिक पत्रकार संघको विधान
Login in to Rate this Post:     0       ?        

सदस्यको योग्यता देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिक संस्थाको सदस्य बन्न योग्य हुनेछ

    ()    १८ वर्ष उमेर पुगेको

    ()     राजनीतिक विषयमा पत्रकारिता गरिरहेको

    ()    प्रचलित कानुनले अयोग्य नठहरिएको

    ()     सल्लाहकार सदस्यका लागि उप नियम () लागू हुनेछैन


१७.    सदस्यताको प्रकार

    संस्थाको देहाय बमोजिमका चार प्रकारका सदस्य हुनेछन्

    ()    साधारण सदस्य नेपालको कुनै पनि सञ्चार माध्यममा राजनीतिक विषयमा पत्रकारिता गरिहेको व्यक्ति संस्थाको साधारण सदस्य हुन सक्नेछ

    ()    संस्थापक सदस्य संस्था स्थापना हुँदा केन्द्रीय समितिमा रहेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु संस्थाका संस्थापक सदस्य हुनेछन्

    ()    सल्लाहकार सदस्यः नेपालको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएको व्यक्तिलाई संस्थाको सल्लाहकार सदस्यमा मनोनयन गर्न सक्नेछ

    ()    विशिष्ट केन्द्रीय सदस्यः संस्थाको अध्यक्ष भई पाँच वर्ष पूर्ण कार्यकाल पूरा गरी नयाँ कार्यसमितिलाई संस्था हस्तान्तरण गरेपछि नयाँ कार्यसमितिको सर्वसम्मत निर्णयबाट विशिष्ट केन्द्रीय सदस्य मनोनयन गरिने विशिष्ट सदस्यमा मनोनयन हुनका लागि राजनीतिक क्षेत्रमा क्रियाशिल भएको हुनुपर्ने भने संस्थामा रहँदा कुनै पनि विवादित संस्थाको हित विपरित कार्य नगरेको हुनुपर्ने


१८.    सदस्यता शुल्क सदस्यता प्रदान गर्ने विधि

    ()    धारा १६ बमोजिम योग्यता पुगेको पत्रकारले तोकिए बमोजिम संस्थाकोे सदस्यताको निम्ति आवेदन दिन सक्नेछ

    ()    उपदफा () बमोजिम प्राप्त आवेदनमाथि कार्यसमितिको बैठकले  सर्वसम्मत निर्णय गरी तोकिएबमोजिम सदस्यता शुल्क लिई सदस्यता दिन सक्नेछ

    ()     विशिष्ट केन्द्रीय सदस्यका लागि केन्द्रीय समितिको सर्वसम्मतिले निर्णय गर्नुपर्नेछ

१९.    सदस्यको अयोग्यता

    देहायको अवस्थामा कुनै पनि व्यक्ति संस्थाको सदस्य रहने छैन

    ()    मृत्यु भएमा;

()    सदस्यता नवीकरण नगरेमा;

()    सदस्यता परित्याग  गरेमा;

()    राजनीतिक पत्रकारिता छोडेमा,

()    संस्थाको हित विपरित कार्य गरेको ठहर भएमा,

Read Full Discussion Thread for this article