Posted by: harkhe7 November 29, 2015
Uncle
Login in to Rate this Post:     1       ?         Liked by
Uncle

म अमेरिका भर्खर आएको थिए। एक बर्ष पनि भएको थिएन। एकदिन mummy daddy सँग म र भाई भएर एक जना नेपालीको घरमा dinner को लागि गयौं। Daddy ले drive गर्नु भयो। गाडी एउटा राम्रो घर अगाडि रोक्नु भयो। हामीले घंटी बजायौ। एकजना मध्यम बर्षीय ४०-५० को महिलाले ढोका खोल्नुभयो। Daddy ले नमस्कार गर्नुभयो। यो कुरा ध्यान दिनु पर्ने कुरा छ। उहाँले नमस्कार गर्दा, महिलाको पहिलो नाममा जी थपेर सम्बोधन गर्नुभयो। Mummy ले चाही नमस्कार गर्दा “दीदी” भनेर सम्बोधन गर्नुभयो। सायद Mummy लाई तिनी महिला आफु भन्दा उमेरमा ठुलो लाग्यो होला र mummy ले कुनै हीच कीटाहट बिना नै त्यों उमेरको भिन्नता देखाउनु भयो। मलाई कुनै अचम्म लागेन। मलाई लाग्छ त्यहाँ कसैले पनि अचम्म मानेन। मैले पनि त्यों उमेरको भिन्नतालाई देखाई हाले। मैले पनि ‘नमस्ते aunty’ भनेर सम्बोधन गरे। भाईले पनि महिले झै ‘नमस्ते aunty’ भन्यो। हामी घर भित्र गयौ। मलाई घर ठुलो लाग्यो। सोफामा तिनि महिलाको श्रीमान बस्नु भएको थियो। Daddy ले नमस्कार गर्दा उहांको थरमा ‘जी’ थपेर सम्बोधन गर्नुभयो। Mummy र हामीले फेरी उमेरको भिन्नता देखाउन केहि ढिलो गरेनौं। Mummy ले नमस्कार ‘दाई’ भन्नुभयो र हामीले नमस्कार “uncle” भन्यौ। हामी सोफमा बस्यौ। Daddy र तिनि मध्यम पुरुसले एक छिन कुरा गर्नुभयो। Mummy सायद तिनि अधबैसें महिला संग कुरा गर्दै हुनु हुन्थ्यो होला। एकछिन पछि तिनि अधबैसें पुरुसले मलाई र भाईलाई के पढ़ने बिचार छ? काम गर्छौ गर्दैनौ भनेर सोधे? हामीले त्यसको उत्तर दियौ। त्यसपछि चुप लागेर सोफमा बसिरहौ। प्रश्न गर्दा मात्र उत्तर दियौ। नत्र भने केहि बोलेनौ, मौन बस्यौ। तिनिले हाम्रो बारेमा प्रश्न गर्दा, हाम्रो बारेमा बुझ्न खोज्दा पनि हामीले तिनिलाई तिनको बारेमा केहि प्रश्न नै गरेनौं। म र भाई मतलबी अरु कसैको बारेमा वास्ता नगर्ने मानिसहरु जस्तो भएर बसिरहौ। एकछिन पछि तिनिले पनि प्रश्न गर्न छाडे। सायद तिनिले हामीले वास्ता नगरेको देखेर प्रश्न गर्न छाडे होलान्।
एकछिनमा माथिको तलाबाट हाम्रै उमेरकी एक युवती तल आईन। ऊनि छोरी रहिछिन। हामीले ‘hi’ भन्यौ की नमस्कार गर्यौ थाहा भएन। तर ऊनि अही जन्मेकी भएर नेपाली त्यति राम्रो बोल्दैन थिन। त्यसैले हाम्रो तिनिसंग तेती कुरा भएन। ऊनि एकछिन पछि फेरी माथि आफ्नै कोठामा गईन। हामीले खाना खायौ र घर फर्कीयौ। रमाइलो भयो।
तर अहिले म क्षणलाई संझदा धेरै प्रश्नहरु खेल्छन। तिनि र म मा कुनै रगतको नाता त थिएन। त्यै पनि किन मैले उनको र मेरो उमेर दर्शाउने गरि “uncle” ले सम्बोधन गरे। किन daddy ले जस्तै उनको थरले सम्बोधन गरिन? किन मैले उनिमा समानता नदेखेर हामीमा भएको भिन्नता मात्र देखे?
“uncle” भनेर सम्बोधन गर्दा त क्षणिक रुपमा मलाई सजिलो त भयो। किनभने कुनै पनि नाताको एउटा मर्यादा हुन्छ र “uncle” नाताको पनि एउटा मर्यादा छ। त्यों मर्यादा मलाई थाहा थियो। यसरी के मैले आफ्नो सजिलोको लागि ऊनि प्रति उमेरको भेदबाद गरे त?
भन्छन् हामीले जति कुरा universe बाट लिन सक्छौं, हामी त्यति ख़ुशी हुन्छौ। तर यसरी मैले नाताले सम्बोधन गर्ने वित्तिकै, हाम्रो सम्बन्ध मर्यादिक सम्बन्ध मात्र रहो। जसले गर्दा हामी बिच दुई तर्फी बिचार आधान प्रधान हून वाधा पुर्यायो। ऊनि मात्र प्रश्न राख्थे। म ति प्रश्नहरुको जवाफ मात्र दिन्थे। मैले आफ्नो कुनै प्रश्न राखिन। सायद मैले पनि प्रश्न राखेको भए उनको बारेमा दिल चस्पी देखाएको भए, केहि कुरा सिक्ने मौका पाउथे होला। ऊनि अमेरिका आएको ३० बर्ष भइसकेको थियो र ऊनि US government का कर्मचारी थिए। सायद उनिले आफ्नो अनुभवहरु बाड्थे होलान यदि मैले प्रश्न गरेको भए। तर दुर्भाग्य मेरो, मैले उनको उमेर मात्र देखे, र हामीलाई एक नबनाएर विभाजित गरे। मैले एउटा गहिरो सम्बन्ध गास्ने मौका चुकाए। यसरी गहिरो सम्बन्ध गास्ने मौका त मैले धेरै गुमाएको छु। यो त एउटा उदाहरण हो तिनि मध्ये। गहिरो सम्बन्ध गास्न विचारको आधन प्रधान हुनु यति जरुरी छ। हामी जति स्वतन्त्रले सम्बाद गर्न पाउछौ, त्यति हाम्रो सम्बन्ध बलियो हुदै जान्छ। किनभने हामीले एक अर्कालाई बुझ्ने मौका पाउछौ। जसले गर्दा एक अर्का प्रति विस्वाश बढ्दै जान्छ। जति विस्वाश भयो त्यति गाड़ा हुन्छ सम्बन्ध। त्यसैले त हामी आफ्ना मनका कुराहरु आफ्ना साथीहरुसंग भन्न सक्छौं। साथी, मित्रताको भावना त उमेर अनुसार गास्नु पर्छ भन्ने त छैन। त्यै पनि हामी किन पहिलो भेटमै एक अपरिचित व्यक्तिसँग मर्यादिक नाता गास्न हतार गर्छौ। के हामी एक छिन पनि अविश्वासले भरिएको क्षणलाई पार गर्न सक्दैनौ, कि हामीलाई भेट्ने वित्तिकै मर्यादिक नाता लगाएर नातालाई विस्वाश गरि हाल्नुपर्छ। के हामीसँग यो अपरिचित व्यक्तिलाई सही अर्थमा चिन्न एक छिन समय छैन्? यदि हामीलाई चिन्न समय छैन भने किन नाता लगाउन चाहि हतार गरि हाल्नु पर्ने। के हामीमा एक अर्कालाई समान रुपमा हेर्ने क्षमता पनि छैन्।
भनिन्छ जति भिन्नता भयो त्यति अविश्वास बढ्छ। हामी त्यो अविश्वासलाई किन बढाइरहेका छौ। अहिले मेरो अमेरिकन साथी छन्। ऊनि र म मा २५-३० वर्षको फरक छ। त्यही पनि हामी एक अर्कासंग साथीको व्यवहार गर्छौ। म उनिसंग आफ्नो मनमा लागेको कुरा खुलेर भन्न सक्छु। हामी राजनीतिक, एतिहासिक, सामजिक मुद्दाहरु देखि लिएर व्यक्तिगत मामलाहरुको कुरा गर्छौ। सायद मैले मेरा अरु आफ्नै उमेरका साथीहरुसंग भन्दा बढि आफ्ना विचारहरु व्यक्त गरेको छु। म उनलाई उनको पहिलो नामले सम्बोधन गर्छु र मैले मेरा अरु साथीहरु संग गर्ने जस्तै व्यवहार गर्छु। म कहिले काही सोच्छु, यदि यि साथी नेपाली भएका भए, के हामी मित्र हुन्थ्यो? यसैले मलाई लाग्छ हामीले व्यक्तिको उमेरलाई भन्दा व्यक्तिलाई पहिला राख्नुपर्छ र समान व्यवहार गर्नुपर्छ। त्यसैले हामीले सम्बन्ध व्यक्तिको उमेरसंग होइन, व्यक्तिसँग राख्नुपर्छ। अनि मात्र हामीले सम्बन्धको गहिराईको महसुस गर्न सक्छहौ।
Read Full Discussion Thread for this article