Posted by: yadavanu November 24, 2015
धोती र टोपीको बिचको लडाईं ले हामी सबै नेपाली एकदिन धोती न टोपीको हुन्छौ।
Login in to Rate this Post:     2       ?         Liked by
म एक समाजसेबी महिला जसले नेपाल मा महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला-पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य रात दिन काम गर्दे आउदा पनि मलाई india जाऊ अनिता यादव भन्ने जमात ठूलो रहेछ । जानिजानि होस् वा अनजानमै होस् मैले नेपालको शिर कहिल्लै झुक्न दिइन । मलाई त एस्तो आरोप आउछ भने अरुलाई के होला । मस्तिष्कमा लगाएको यो घृणा रुपी घाउ निको हुन पुस्तौं पुस्ता लाग्न सक्छ ।

लौ भन्नुहोस म बिशुद्ध नेपाली हुन के गर्न पर्ने हो ? अरुलाई गाली गरेर राष्ट्रवादी भइँदैन । धोती र टोपीको बिचको लडाईं ले हामी सबै नेपाली एकदिन धोती न टोपीको हुन्छौ। दुख लाग्छ, यो देश मा टोपी लगाउने बिदेसी नेपाली भए तर म जस्तो महिला जसले देश र जनताका लागि दिलो ज्यान अर्पण गर्दे पुस्तौं पुस्ता देखि काम गर्दा पनि नेपाली बन्न सकिएन ।
म त एउटा पढे लेखेको महिला एथार्थ बुझ्न सक्छु तर यी तिखा सब्द र बोलीको शक्तिले समाजमा हजारौ शत्रुहरू जन्माउनेछन् । अन्धकार ले अन्धकार हटाउन सक्दैन ; केवल प्रकाश ले मात्र सक्छ त्यस्तै घृणा ले घृणा हटाउन सक्दैन; केवल प्रेम ले मात्र हटाउन सक्छ । आउनुहोस हात मा हात मिलाउ अझ पनि समय छ देश लाइ बचाउने ।


https://www.facebook.com/anitayadavnepal/photos/a.676722815768983.1073741827.676721165769148/857525954355334/?type=3
Last edited: 24-Nov-15 03:15 AM
Last edited: 24-Nov-15 03:17 AM
Last edited: 24-Nov-15 03:18 AM
Last edited: 24-Nov-15 03:24 AM
Read Full Discussion Thread for this article