Posted by: metta November 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        
मुख्य सचिवले क्याविनेटमा गरे कार्यकारी निर्देशकको आलोचना, खड्का को प्रति जिम्मेवार छन् ?

प्रकाशित मिति: Nov 10, 2015

विज्ञान अधिकारी/बिजमाण्डू काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदीले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको अभिव्यक्तिप्रति गम्भिर चासो व्यक्त गर्दै छानविन अघि बढाउनुपर्ने बताएका छन् ।   मंगलबार मन्त्रिपरिषद् बैठकमा मुख्य सचिवले कार्यकारी निर्देशकको अभिव्यक्ति गैरजिम्मेवार भएको र उनी कुन संस्थाप्रति जवाफदेही हुने भन्दै प्रश्न गरेको एक मन्त्रीले बिजमाण्डूलाई जानकारी दिए ।   


नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का । 

‘हामीले कस्तो व्यक्तिलाई आयल निगम जस्तो जिम्मेबार संस्थामा नियुक्ती गर्यौ । उनी कोप्रति जिम्मेवार हुन्छन्, सुवेदीले भनेका थिए, ‘खड्काले मन्त्री र सचिवका निर्देशन अटेर गरिरहेका छन् । त्यसरी हिड्ने व्यक्तिबाट हामीले कसरी सुशासन खोज्न सकिन्छ ?’ मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सुवेदीले खड्काको आलोचना गरेका थिए ।   उनले खड्काको आलोचना गर्दा प्रधानमन्त्री केपी ओली भने थिएनन् । खड्काले सोमबार पत्रकार सम्मेलन गरी विगत पाँच दिनदेखि एक थोपा तेल नआएको भन्दै अत्यावश्यक सेवा बाहेक कसैलाई पनि तेल दिन नसकिने बताएका थिए ।   भारतको अघोषित नाकाबन्दीका बेलामा सूचना समेत दिन कन्जुस्यायी गरेको निगमले सोमबार भने उपभोक्तामाथि मनोवैज्ञानिक त्रास फैलनेगरि सूचना नै जारी गरेको थियो । कार्यकारी निर्देशक खड्काले पत्रकार सम्मेलन गरेर एक थोपा तेल नआएको भन्दै झुट बोलेका थिए ।   आइतबार र सोमबार गरेर भारत र चीनबाट एक सय ट्यांकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको थियो । उच्च स्रोतका अनुसार खड्काले नवनियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशन समेत अवज्ञा गर्दै आएका छन् । मन्त्रीको कार्यकक्षअघिनै उनले कतिपय व्यक्तिलाई खड्का भनेको डराउने मान्छे होइन भन्दै हप्कीदप्की समेत गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।   खड्काले सचिव ङइन्द्रप्रसाद उपाध्यायले दिएको निर्देशन अवज्ञा गर्दै आएका छन् । अघिल्लो सरकारका वाणिज्यमन्त्री सुनीलबहादुर थापाले खड्कालाई नियुक्ती गरेका हुन् । उनी सडक विभागबाट सेवा निबृत्त कर्मचारी हुन् । 

किन निरीह भए वाणिज्य तथा आपूर्तिमन्त्री ? 
नवनियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री पुनले समेत तेलको चरम अभाव भएको बेला निगमलाई सही व्यवस्थापन गर्न असफल भएका छन् । उनले निगमभित्रको वेथिती मात्रै होइन कार्यकारी निर्देशक खड्कालाई समेत काम लगाउन नसकेको स्रोतले बतायो । स्रोतका अनुसार कार्यकारी निर्देशक खड्काले सोमबारको पत्रकार सम्मेलन समेत मन्त्री पुनलाई जानकारी नदिई गरेका थिए ।   अहिलेको जटिल परिस्थितीमा पत्रकार सम्मेलन गरेर जथाभावी बोल्दा समेत खड्कालाई सामान्य सोध्ने आँट समेत नगरेको मन्त्री निकटस्रोतले बतायो । उनले मन्त्रीलाई हेपेर आफुखुशी निगम चलाइरहँदा समेत मन्त्री पुनले कुनै हस्तक्षेप गर्न सकेका छैनन् ।   ‘अभावको मौकामा तेल वितरणमा समेत भद्रगोल र अनियमितता भएको छ । आफुखुशी पम्पलाई तेल दिने र केही ठूला उपभोक्ताको नाममा जथाभावी वितरण भइरहेको छ, निगमका एक कर्मचारीले भने, ‘यसको सामान्य जानकारी समेत मन्त्रीलाई गराइएको छैन ।’ मन्त्री पुनले निगमभित्रको यो अव्यवस्थालाई हेर्न सकेका छैनन् । इन्धनको चरम अभावका बेला मन्त्रीले सही व्यवस्थापनमा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।   स्रोतका अनुसार मन्त्रीले आफ्नै सचिवालय समेत व्यवस्थापन गर्न नसकेकोले समस्या भइरहेको छ । ‘मन्त्रीको सचिवालय समेत भद्रगोल छ । दुई/चार लिटर तेलको तोक लगाएर सचिवालयका कर्मचारी बसेका छन्,’ वाणिज्यका एक कर्मचारीले भने, ‘हामीले युवा मन्त्री पायौं भनेको तर उनी निरीह र हातखुटा बाँधिएको जस्तो पाएका छौ । यस्तो शक्तिशाली मन्त्रालय प्यारालाइज्ड जस्तो देखिएको छ ।’ 
http://www.bizmandu.com/content/-13958.html
Read Full Discussion Thread for this article