Posted by: metta November 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        

आयल निगमबाटै कालोबजारी

काठमाडौं-नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निजी कम्पनी विराट पेट्रोलियमबाट आउने तेल महँगोमा बेच्ने नियतले भारतबाट जेनतेन आइरहेको तेल बिक्रीवितरण पनि रोकिदिएका छन् । 
यसबाट निगम आफैं 'संस्थागत' कालोबजारीमा उत्रिएको देखिएको छ ।

कार्यकारी निर्देशक खड्काले सोमबार पत्रकार सम्मेलन गरी पेट्रोलियम मौज्दात सकिएकाले उपभोक्तालाई लाइन नबस्न आग्रह गर्दै तेल बिक्रीवितरण रोकेका हुन् ।

सरकारी स्वामित्वको निगमले निजी कम्पनी विराटबाट तेल ल्याएर चर्काे मूल्यमा बेच्नकै लागि आफ्नो कारोबार ठप्प पारेको उच्च स्रोतको दाबी छ ।

भारतले दुई महिनादेखि सीमामा नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको आयात ८२ प्रतिशत कटौती भएको छ तर यो तथ्यांक निगमले अहिलेसम्म सार्वजनिकै नगरी तेल बाँडिरहेको थियो । निगमको पछिल्लो भनाइअनुसार वर्तमान मागको १८ प्रतिशत तेल नेपाल भित्रिएर वितरणसमेत भइरहेको छ ।

'कार्यकारी निर्देशक खड्का आफ्नै संस्थाको तथ्यांकविपरीत भारतबाट एक थोपो तेल नआएको भन्दै विवादास्पद वक्तव्य दिँदै हिँडेका छन्,' निगम उच्चस्रोतले भन्यो, 'तेल आउँदाआउँदै यसरी औपचारिक रुपमै तेल वितरण रोक्नु सिधै कालोबजारी हो ।'

'आइओसीबाट आएको तेल बिक्री गरिरहँदा विराटको तेल महँगोमा बिक्री हुँदैन,' स्रोतले नागरिकसँग भन्यो, 'विराटले ल्याएको तेल बिक्री गरेपछि आपूmले पनि मोटो रकम कमिसन खान पाइन्छ । अनि किन आइओसीबाट आएको तेल बिक्री गर्न मान्थे ?'

वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार विराटबाट आउने तेल महँगो मूल्यमा बिक्री गर्नकै लागि पाँचवटै डिपोबाट तेल वितरण रोकिएको हो ।

'यसअघिसम्म औपचारिक रुपमा जानकारी दिएर कहिल्यै तेल बिक्री रोकिएको थिएन,' स्रोतले भन्यो, 'तर अहिले चीनबाट पनि १३ लाख लिटर तेल नेपाल भित्रिरहेको र भारतीय नाकाबाट पनि केही परिमाणमा आएको अवस्थामा के आधारमा तेल वितरण रोकेको हो, पत्तो पाइएन ।'

निगम प्रवक्ता मुकुन्द घिमिरेले विराटनगर नाकाबाट ५० ट्यांकर पेट्रोलियम पदार्थ आउने बताए । 'यसअघिको भन्दा अहिले धेरै ट्यांकर छुटेका छन्,' उनले भने, 'यसैगरी नाकाबाट आयात बढ्न थाल्यो भने अवस्था सामान्य बन्दै जान्छ ।'

निगमका भैरहवा क्षेत्रीय डिपो प्रमुख दिनेश यादवले भैरहवाबाट २० वटा ग्यास तथा ट्यांकरका गाडी भित्रिने सम्भावना रहेको बताए । रक्सौलबाहेक नाकाबाट धेरथोर आयात भइरहेको उनको भनाइ छ ।

त्यसैगरी, बेतालपुर नाकामा पनि लोड बढाउन सरकारले आवश्यक पहल थाल्नुपर्ने बताए । 'बेलातपुर नाकाबाट पर्याप्त मात्रामा लोड हुन सकेको छैन,' उनले भने, 'उक्त नाकामा लोड बढाउनेबित्तिकै ठूलो परिमाणमा ट्यांकर नेपाल भित्रिन्छन् ।'

खड्का भने सबै नाका रोकिएकाले तेल वितरण गर्न नसक्ने भन्दै उम्किन खोज्दैछन् ।

निगमले अबदेखि पेट्रोलियम पदार्थ वितरण गर्न नसक्ने जनाउनुले पनि निगम आफैं संस्थागत रुपमा कालोबजारीमा उत्रेको हो । यसले जसरी पनि आपूर्ति ठेक्का दिने तयारी गर्दै तेल कारोबारलाई संस्थागत रुपमा कालोबजारी गर्न बाटो खोलेको छ ।

भारतबाट पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नआए पनि सीमित परिमाणमा भने आइरहेको छ । निगमकै भनाइमा वर्तमान मागको १८ प्रतिशत आपूर्ति भइरहेको छ । तर, निगमका कार्यकारी निर्देशक खड्का भने 'भारतबाट एकथोपो पनि तेल नआएको' भन्दै विराटलाई तेल ठेक्का दिने र उसले महँगोमा ल्याएको तेल चर्काे मूल्यमा बिक्री गरेर कमिसन सोहोर्ने खेलमा लागेका छन् ।

खड्काले ८ दिनदेखि एक थोपो पनि तेल नभित्रिएको भन्दै इन्धन वितरण रोक्ने बताएर यसबाट विराटलाई तेलको ठेक्का दिन खड्कालाई सहज हुनेछ ।

विराटले ५ लाख लिटर डिजेल तथा पेट्रोल महँगो मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । निगमले तेल वितरण नरोक्दासम्म विराटले ल्याएको तेल महँगो मूल्यमा बिक्री गर्न कठिन हुन्छ । त्यसैले निगमले तेल नबाँड्ने औपचारिक निर्णय गरेको हो । निगमले तेल नबाँड्ने भनेपछि विराटले महँगो मूल्यमा ल्याएको तेल बजारमा सहजै पठाउन सकिन्छ ।

उक्त परिमाणको तेल बिक्री गरेपछि कार्यकारी निर्देशक खड्कासहित विराटसँग मिलेमतो गरी काम गरेका सबैले मोटो रकम कुम्ल्याउनेछन् । http://www.nagariknews.com/economy/story/48469.html
Read Full Discussion Thread for this article