Posted by: metta November 20, 2015
नाकाबन्दी NOC निर्देशक गोपालबहादुर खड्काको लागि दशैं
Login in to Rate this Post:     0       ?        
आयल निगम प्रमुखकै निर्देशनमा यसरी हुन्छ इन्धन कालोबजारी (प्रमाणसहित) २०७२ मंसिर ४ गते २०:१७ मा प्रकाशित
४ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काकै निर्देशनमा भलवारी डिपोले राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको खुलेको छ ।
भलवारीबाट तेल लिएर आएको ना ४ ख ७१४५ नम्बरको ट्यांकरलाई प्रहरीले नवलपरासीबाट नियन्त्रणमा लिएको थियो । स्थानीय प्रशासनलाई सूचना आएको थियो कि यो तेल कालोबजारी गर्ने प्रयोजनले नियम विपरित दिइएको हो । तर, अनुसन्धानका क्रममा आयल निगमका प्रमुख खड्काले ठाडो आदेशमा तेल दिइएको पाइएको छ ।
अनलाइनखबरलाई प्राप्त कागजातहरुका अनुसार काठमाडौंको हामा आयल स्टोरले रिङरोड विस्तार गर्दै आएको संघाई ग्रुपलाई भन्दै तेल मागेको थियो । यसअघि काठमाडौंको डिपोबाट तेल दिँदै आएको उसले यो पटक भने भैरहवाको भलवारी डिपोबाट तेल दिन माग गर्दै पत्र लेखेको थियो ।
Hama

जसलाई निगमका कार्यकारी निर्देशक खड्कालाई तोक लगाइदिए । जबकी आयल निगमले कुनै डिपोलाई काठमाडौंका पम्पलाई तेल दिने कुनै अधिकार नभएको आयल निगमकै अधिकारीहरु बताउँछन् ।
अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपवछि निगमले अहिले सबै नाकाबाट आएको तेलको ७५ प्रतिशत तेल सिधै काठमाडौंको थानकोट डिपोमा पठाउन भनेको निगमका एक निमित्त निर्देशकले बताए ।
काठमाडौंमा आएको तेलबाटै थानकोट डिपोले पालैपालो विभिन्न पम्पहरुलाई तेल दिने तालिका तय गर्ने गरेको छ । ‘सिधै भलबारी डिपोले काठमाडौंको पम्पमा तेल दिने अधिकार राख्दैन’ स्रोतले भन्यो-झन अहिले संकटको बेला सबै डिपोलाई सिधै तेल काठमाडौंका पम्पमा नपठाउन भनिएको छ ।’ Oli-bill

भलवारी डिपो प्रमुख दिनेशकुमार यादवले पनि कार्यकारी निर्देशक खड्काको निर्देशनमा तेल दिएको बताएका छन् । नियमका अधिकारीहरुका अनुसार कुनै पनि ठूलो आयोजनाले थानकोट वा अन्य डिपोहरुबाट सिधै तेल लैजाने गरेका छन् । तर, कार्यकारी निर्देशक खड्काले पम्पहरुसँग मिलेर कालोबजारी गर्ने नियतले नियम विपरित तेल दिएको यो प्रमाण भएको निगमकै अधिकारीहरु बताउँछन् ।
http://www.onlinekhabar.com/2015/11/352647/
Read Full Discussion Thread for this article