Posted by: metta November 16, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
हाम्रो अख्तियारले चोख्याएका गणेश थापालाई फिफाले १० वर्ष प्रतिबन्ध लगाई जरिवाना गर्नु अन्तर्राष्ट्रिय षड्यन्त्र हो।

गणेश दाइका समर्थकहरुलाई ठूलो चोट : घुस लिएको आरोपमा एन्फा अध्यक्ष गणेश थापालाई फिफाले लगायो १० वर्षे प्रतिबन्ध

- Salokya

घुस लिएको आरोपमा एन्फा अध्यक्ष गणेश थापालाई फिफाले लगायो १० वर्षे प्रतिबन्ध

mainphoto

  • पहिलोपोस्ट -
काठमाडौँ : अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) को आचार स‌ंहितासम्बन्धी कमिटीले १० वर्षका लागि प्रतिबन्ध लगाएको छ। निर्वाचनका बेला नगद घुस लिएको आरोपमा थापालाई झण्डै २१ लाख रुपैयाँ (१९ हजार ८७० अमेरिकी डलर) जरिवाना पनि तिर्न लगाइएको छ। 

दुई दशक नेपाली फुटबल जगतमा राज गरेका एन्फा अध्यक्ष थापा वर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाका भाइ* तथा राप्रपा नेपालका सांसद् हुन्। 

फिफाद्वारा जारी विज्ञप्ति अनुसार थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुने गरी घुस लिएको आचार स‌ंहितसम्बन्धी कमिटीले ठहर गरेको छ। 

यसअघि नेपालको सं‌सदीय सार्वजनिक लेखा समितिले थापाले अनियमितता गरेको ठहर गरेको थियो। तर थप अनुसन्धानका लागि सिफारिश गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने थापा विरुद्धको मुद्दामा थप प्रमाण फेला नपरेसम्म अनुसन्धान अगाडि नबढाउने निर्णय गरेको थियो। 

लेखा समितिले अनियमितताको ठहर गर्दागर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति भन्दै मन्त्रिपरिषद्ले नियुक्त गर्ने २६ सभासद्को कोटामा भाइ गणेश थापालाई नियुक्त गरेका थिए। 

यसअघि संसदीय लेखा समितिले आफूलाई निलम्बन गर्ने निर्णय गरेको प्रतिक्रियामा एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्ष समेत रहेका थापाले अन्तर्राष्ट्रिय सहयोग लिने धम्की दिएका थिए। उनले विश्व फुटबल महासंघ (फिफा) ले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। त्यस्तै फुटबल कप्तानहरुलाई आफ्नो पक्षमा डेलिगेसन पठाएका थिए। 

उनीमाथि फिफाको एथिक्स कमिटीले यसअघि नै अनुसन्धान गरिरहेको थियो। त्यतिबेला पहिलोपोस्टको जिज्ञासाको जवाफमा फिफा प्रवक्ताले पठाएको इमेलमा 'सन् २०१२ को लेखा परीक्षण प्रतिवेदन सन्तोषजनक नभएको र 'अनुचित नगद प्रवाह' देखिएको स्पष्ट पारेका थिए। 'त्यसका कारण २०११/२०१२ का लागि फरेन्सिक अडिट गरिएको र सन् २०१३ मा एथिक कमिटीको आदेशमा नेपाल पनि फरेन्सिक अनुसन्धानको टार्गेट बनेको हो', इमेलमा लेखिएको थियो। 

अनुसन्धानकै क्रममा उनी यसअघि ३ महिना फुटबलसँग सम्बन्धित गतिविधिबाट अलग रही पछि फेरि एन्फा अध्यक्ष पदमा फर्किएका थिए। 

लेखा समितिले के के मा ठहर गरेको थियो अनियमितता?

करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो। थप अनुसन्धान र छानबिन गर्न समितिले उठाएका विषय-
  • गणेश थापाका छोरा गौरव थापाले एएफसी अध्यक्षबाट लिएको एक लाख डलर
  • गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
  • नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
  • एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
  • खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
  • साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
  • गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतकाे रकम आयमा समावेश नभएको
  • भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
  • सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
  • एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
  • विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरीद गरेको
  • पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
  • विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
  • अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
  • एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको

(*यसअघि एन्फा अध्यक्ष गणेश थापा उपप्रम तथा परराष्ट्र मन्त्रीका दाजु लेखिएको गलत थियो। उनी भाइ हुन्। त्यसै अनुसार समाचार सच्याइएको छ) 
http://www.pahilopost.com/content/-10067.html

आजदेखि गणेश थापाले १० वर्ष फुटबल छुन पनि नपाउने, घुस लिएको ठहर भएपछि प्रतिबन्ध

खेल पत्रकारहरु अहिले ‘सक’ छन्। उनीहरुका प्रिय गणेश दाइ अहिले फन्दामा परेका छन्। एन्फा भनेकै गणेश थापा र गणेश थापा भनेकै एन्फा भन्ठानेर रातोदिन उनको चाकडी गर्नेहरु पनि छक्क पर्ने गरी फिफाले १० वर्षका लागि कुनै पनि फुटबलसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। २० वर्षदेखि नेपाली फुटबलमा राज गरेका गणेश थापा अब १० वर्ष फुटबलको फ पनि गर्न पाउँदैनन्। फुटबलसम्बन्धी कुनै पनि गतिविधि भनेपछि फुटबल छुनसम्म नपाउने भनेर बुझे पनि हुन्छ। अहिले उनी ५५ वर्षका भए। १० वर्षको प्रतिबन्ध सकिँदा उनी ६५ वर्षका हुनेछन्। एन्फामा अध्यक्ष हुन ७० वर्षसम्म उमेर भएका पाइन्छ। तर पनि उनी फेरि फर्केर एन्फा अध्यक्ष हुने कल्पना अब निकै परको होला।

के कारण लगाइयो प्रतिबन्ध ?
Hans Joachim Eckert को अध्यक्षतामा बसेको independent Ethics Committee को The adjudicatory chamber बैठकले थापालाई आजैदेखि प्रतिबन्ध लगाएको हो।

Dr Cornel Borbély को अध्यक्षतामा बनेको एथिक्स कमिटीको इन्भेस्टिगेटरी चेम्बरले गरेको अनुसन्धानको आधारमा यो निर्णय गरिएको हो।

फिफाको वक्तव्य अनुसार थापाले ६ वटा दफा उल्लङ्घन गरेका छन्-

Mr Thapa, in the context of the 2009 and 2011 elections for the FIFA Executive Committee at the Asian Football Confederation (AFC) congress, committed various acts of misconduct over several years, including the solicitation and acceptance of cash payments from another football official, for both personal and family gain.

Specifically, he was found guilty of
infringing article 13 (General rules of conduct),
article 15 (Loyalty),
article 18 (Duty of disclosure, cooperation and reporting),
article 19 (Conflicts of interest),
article 20 (Offering and accepting gifts and other benefits) and
article 21 (Bribery and corruption)

of the FIFA Code of Ethics (FCE). Mr Thapa has therefore been banned for ten years from all football-related activities and fined CHF 20,000.

एक वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले १ लाख १५ हजार पाउन्ड घुस लिएको खबर पनि सार्वजनिक भएको थियो। त्यसो त त्यसको दुई वर्षअघि पनि थापाका छोरा गौरवले एएफसीका तत्कालीन अध्यक्ष बिन हमामबाट १ लाख डलर लिएको खुलासा भएको थियो।

Untitledसन् २०१२ मा छोराको खातामा डलर सारेको समाचार त सबै मूलधारे पत्रिकामा आयो- कुनैमा फ्रन्ट पेजमा नै, कुनैमा खेल पेजमा मात्रै। तर सबैले उही गणेश थापाको घरायासी कारणले ऋण लिएको, चुक्ता गरिसकेको भनाई मात्रै राखे। उहाँले यसो भन्नुभयो भनेर मात्रै समाचार आयो। किन यसो भयो, कसरी भयो भन्ने कुरा केहीमा पनि आएन। अझ एउटा राष्ट्रिय दैनिकको बाइलाइनसहितको समाचारमा त यसो पनि लेखिएको थियो- ‘धनाढ्यहरुसँगको सम्पर्कले गर्दा थापाले नेपाली बैँकबाट ऋण लिन आवश्यक नठानेको हुनुपर्छ।’ वाह, समाचार लेख्नेको क्या काइदाको विश्लेषण ! गणेश थापाले बोल्नुपर्ने कुरा आफैले समाचारमा यस्तो हुनुपर्छ भनी लेखिदिने।

आफूमाथि कारबाही गरिए फिफाले नेपाललाई नै अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइदिन्छ भनेर भ्रम छर्ने गर्थे आफ्नै दाजु हालका उपप्रम तथा परराष्ट्र मन्त्री कमल थापाले सांसद् बनाइदिएका गणेश थापाले। त्यही भ्रममा लागेर राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, युवा टिमका क्याप्टेन विमल घर्तिमगर, महिला फुटबल टिमका क्याप्टेन चन्द्रा भण्डारी, राष्ट्रिय फुटबल प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्रीले संयुक्त हस्ताक्षर गर्दै एन्फा अध्यक्ष गणेश थापा लगायतका पदाधिकारीमाथि कारबाही नगर्न डेलिगेसन धाएका थिए।

थापालाई कारबाही गरे नेपालै प्रतिबन्धमा पर्छ भनेर हल्ला गर्दै हिँडेका खेलाडीहरुले पनि अब त कुरा बुझे कि ! दोषी नै भए पनि एन्फा अध्यक्ष नै बनाइराख्नु पर्छ नत्र फिफाले कारबाही गर्छ भनेर सरकारलाई तर्साउन खोज्ने लेख छाप्ने पत्रकारहरुले पनि अब त कुरा बुझे कि !

छुटाउनु भएको भए पढ्नुहोला लेखासमितिको ठहर

http://www.mysansar.com/2015/11/20958/
Read Full Discussion Thread for this article