Posted by: yadavanu November 15, 2015
मेरो मधेसीपन, मधेसी सस्कार, मधेसी सस्कृति र यादव थर कसैले खोसेर लान सक्देन तर अरु धेर्रै कुरा छन् जो हराएर, बेचीएर, टुक्रीएर जान सक्छन। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ ।
Login in to Rate this Post:     2       ?         Liked by
म मानब हुँ, महिला हुँ, एसियन हुँ, साउथ एसियन हुँ, नेपाली हुँ , मधेसी हुँ, जनकपुर को यादव हुँ ! म मानवता को लागि लडाई गरु कि जात र वर्ग को लागि ? ल तपाईं नै भन्नुहोस सकारात्मक सोचको लागि हामी तल बाट माथि जाने कि , माथि बाट तल ओर्लने? मेरो मधेसीपन, मधेसी सस्कार, मधेसी सस्कृति र यादव थर कसैले खोसेर लान सक्देन तर अरु धेर्रै कुरा छन् जो हराएर, बेचीएर, टुक्रीएर जान सक्छन। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ ।
केहि महिना अगाडी भुकम्प गयो, विश्वभर का मानिस ले हामी प्रती सम्बेद्ना अनि सहयोग गरेका थिए । नेपाली का लागि त्यो समय एस्तो थियो जुन समय कसैले यो सोधेन कि तिमी पहाडे हो , तिमी मधेशी होउ , थारु हौ , दलित हौ। त्यती बेला एक मात्र भावना थियो हामी बिच नेपाली को, मानवता को । टोल को चौर मा एुउटा टेन्ट् मुनी पहाडे, मधेशी , बाहुन , दैलित सबै मिलेर बसेका थियौ, दुख सुख मिलेर बाडेका थियौ । के टेन्ट् मुनी एक भएर आश्रय लिए जस्तै हामी एक देश भित्र एक भएर बस्न सक्दैनौ?
म त समाजशास्त्र को विद्यार्थी , मेरो लागि कुनै समाज फरक हुदैन। समाज सेवी को काम कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नु लाई बुझिने गरिन्छ l म कुनै दल वा पार्टी संग सरोकार राख्दिन, म महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला-पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य मा स्मलग्न छु ।

केही दिन पहिले मैले मेरो व्यक्तिगत बिचार राख्दा धेरै दुख लाग्दा टिप्पणी पढ्ने मौका मिल्यो । एउटा महिलाको आदर गर्न सक्नुहुन्न भने तपाईं आफ्नो प्रदेश, आफ्नो देश को लागि के गर्न सक्नुहुन्छ ? हाम्रो समाज बाट के आशा गर्ने, केही मान्छे ले बोलेका र लेखेका शब्दहरू यस्ता छन् जस म़ा शालीनता को कुनै आभास भेटिदैन । तपाईं ले बोलेका र लेखेका शब्दहरू प्रति मेरो गुनासो होइन, संस्कारप्रति चित्त दुखेको छ । मेरो बिचार राख्दा कसै माथि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा व्यक्तिगत वा संस्थागत रुपमा आंच आएमा क्षमा प्राथी छु !

आजकल कता–कता नेपालै नरहला कि भन्ने एकदमै चिन्ता हुन्छ । सबै जातिहरु मिलेर बसेका छौं त्यही नै रमाइलो छ । एउटै टेबलमा दशथरि विचारहरु आउनु त्यही राम्रो हो । तर, काटमार, गोलीगट्ठा र द्वन्द्वले केही परिवर्तन आउँदैन् । विचारले मान्छे ठूलो हुने हो । राजनीतिले हामीलाई प्रभाव त पार्छ नै । म सामाजिक विज्ञानको विद्यार्थी भएकाले पनि समाजमा राजनीतिको प्रभावबारे राम्रो जानकारी राख्छु । अहिले तराईमा भइरहेको घटनाले मन रोइरहेको छ ।

वंश र जातले मान्छे राम्रो नराम्रो हुदैन, मानिसलाई राम्रो र नराम्रो ठूलो र सानो उसको व्यवहारले, उसको विचारले बनाउने हो । छाला गोरो भएर के भो मन कालो भए पछि ! रुप राम्रो भएर के भो वोली रुखो भए पछि ! धन जति नै भए पनि के काम कसैलाई एक रुपिया दान र सहयोग नगरे पछि ! घर सुन्दर र ठुलो भएर के भो शान्ती न भए पछि ! कहिले काँही मन झस्किदिन्छ कत्तै आफ्नो गाई अरु लाई बेचेर मोई पहिचो मागेर खान पर्ने दिन आउछ कि भनेर ?

समाज सेवा निस्वार्थ भावनाले समाजका लागि समाज परिबर्तन गर्न का लागि गरिन्छ त्यसैले आशा छ मेरो सानो प्रयासले समाज लाई केहि परिबर्तन गर्न सक्छु होला। यदि तपाईं लाई मैले गरेका काम मन पर्छ भने मेरो फेसबुक पेज तपाइका मित्र र परिवार संग शेयर गर्नुहोस्। 




Facebook: https://www.facebook.com/anitayadavnepal
Google + : https://plus.google.com/+Anitayadavnepal
Twitter: https://twitter.com/anitayadavnepal
Instagram: https://instagram.com/anitayadavnepal/
Flickr: https://www.flickr.com/photos/anitayadavnepal


social media is an integral part of modern society. Let's use them properly to make a difference.

Thanks

Anita Yadav
Last edited: 15-Nov-15 11:37 AM
Last edited: 15-Nov-15 11:41 AM
Read Full Discussion Thread for this article