Posted by: metta November 12, 2015
Nation of Corrupts
Login in to Rate this Post:     1       ?         Liked by
जुवाडेबाट बरामद एक करोड प्रहरीद्वारा गायब

सुर्खेतः सुर्खेतमा जुवाको खालबाट वरामद गरिएको एक करोड रुपैयाँ गायब भएको छ । बुधवार राति वीरेन्द्रनगरको एक घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

सो क्रममा एक करोड भन्दा बढी रकम बरामद गरिएको भएपनि प्रहरीले केवल ५ लाख रुपैयाँ मात्र बरामद भएको मचुल्का बनाएर अरु रकम गायब बनाएको हो ।

उक्त जुवाको खालबाट प्रहरीले जिल्लाका ठूला व्यापारीहरुसहित ११ जना जुवाडेलाई पक्राऊ गरेको छ । यस्तै प्रहरीले जुवा खेल्दै गरेका उद्योग वाणिज्य संघका केही पदाधीकारीहरुलाई भने राती नै भगाएको थियो ।

जिल्लामा हालसम्मकै धेरै रकममा जुवा खेलेको सूचना पाएपछि प्रहरीले करिब तीन घण्टासम्म जुवा खाललाई घेराउ गरेको थियो । सोही क्रममा उक्त खालबाट वरामद भएको करिब एक करोड रकम प्रहरीले गायव बनाएको स्थानीयले दावी गरेका छन् ।

स्रोतका अनुसार जुवाको खालमा ८० लाख नगद र एक किलो सुन रहेको थियो । तर, प्रहरीले भने जम्मा पाँच लाख रुपैया मात्र वरामद भएको मुचुल्का तयार गरेको छ । जिल्लाका ठूला व्यापारीहरुसहित प्रहरीले करिव एक करोड रकम वरामद गरेको भए पनि अन्य रकम गायव बनाएको जुवाडेहरुले समेत बताएका छन् ।

जुवा खालमा छापा मारेपछि जिल्लाका ठूला व्यापारी र ठूलो परिणाममा रकम फेला परेपछि प्रहरीको उच्च तहसम्मा नै यसबारेमा मिलेमतो भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

तीन घण्टासम्मको घेराउपछि मात्र प्रहरीले माथिको आदेश भन्दै जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राती छापा मारेपछि केही व्यापारीहरु भने झ्यालबाट हाम फालेर भागेका थिए ।

पछिल्लो समय जिल्लामा जुवा खालबाट बरामद भएको रकम सादा पोशाकमा रहेका घुमुवा प्रहरी र प्रहरीका उच्च तहका व्यक्तिहरुले समेत गायव पार्ने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।

बुधवार राति पनि एक करोड भन्दा बढी रकम जुवा खालमा रहेको भएपनि जिल्ला प्रहरी कार्यालयले भने केवल पाँच लाख मात्र बरामद भएको दाबी गरेको छ ।

यो घटनाले प्रहरीको भूमिकामाथि थप आशंका उब्जाएको छ । यता जिल्ला प्रहरी कार्यालयका डीएसपी बहादुरजंग मल्लले पनि आफूहरुले पाँच लाख रुपैयाँ मात्र बरामद गरेको जानकारी दिए ।

जुवा खालबाट जिल्लाका ठूला व्यापारी पक्राउ परेको र ठूलो रकम गायव भएपछि प्रहरीको चाडपर्व सुरक्षा योजनामा समेत चुनौती देखा परेको छ ।

http://annapurnapost.com/News.aspx/story/21681
Read Full Discussion Thread for this article