Posted by: metta November 1, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
म्याच फिक्सिङमा पक्राउ पर्लान् गणेश थापा ? - दृष्टि संवाददाता

काठमाडौं, १३ कात्तिक । फुटबलमा भएको म्याच फिक्सिङमा हाइ प्रोफाइल व्यक्तिहरुमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । म्याच फिक्सिङमा एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापा तानिने सम्भावना छ । गणेश थापा खेलकुद मन्त्री हुने दौडमा लागेकोमा म्याच फिक्सिङ प्रकरणपछि छोरालाई जोगाउनतर्फ उनी केन्द्रीत भएका छन् । म्याच फिक्सरहरुसँग गणेश थापाका छोरा गौरवको सम्बन्ध देखिएको छ । उनले नै म्याच फिक्सर र खेलाडीहरुबीच म्याच फिक्सरको रुपमा डिल गरेको प्रहरी स्रोत बताउछ । यसअघि पनि गौरव छानबिनमा तानिएका थिए । फिफाका मोहम्मद विन हमामको खाताबाट गौरवको खातामा एक लाख अमेरिकन डलर आएको थियो । फिफामा हमामलाई भोट हालेवापत उक्त रकम आएको बताइएको छ । गौरवलाई जोगाउन हाल परराष्ट्र मन्त्री रहेका कमल थापा समेत लागेका छन् । उक्त घटना कसैलाई नभन्ने भनेर एन्फा अध्यक्ष थापाले खेलाडीलाई कसम खुवाएको घटना समेत बाहिर आइसकेको छ ।
राज्यविरुद्धको अपराध म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेको १४ दिनपछि मंगलबार बिशेष अदालतले उनीहरुलाई १७ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ । म्याच फिक्सिङमा नेपालमा पहिलोपटक यसरी खेलाडीलाई राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान गरिएको छ । म्याच फिक्सिङ गर्नेहरुलाई राज्यविरुद्धको अपराध मुद्दा अदालतले स्वीकार गर्दै थुनामा राख्ने आदेश दिएको हो । राष्ट्रिय टोलीका कप्तान सागर थापासहित ५ जनालाई महानगरीय अपराध महाशाखाले गत २७ असोजका पक्राउ गरेको हो । पक्राउ परेको १४ दिनपछि मात्र अदालत खुलेको प्रहरीले मंगलबार थुनामा राख्न अदालतको आदेश लिएको हो । राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ४ अनुसार प्रहरीले २० दिन थुनामा राख्न म्याद मागेको थियो । अदालतले १७ दिन मात्र थुनामा राख्ने म्याद अदालतले दिएको हो । ‘पहिलोपटक अदालतबाट थुनामा राख्ने म्याद लिइएको छ, अब उनीहरुको बयान सुरु हुन्छ,’ महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले भने,‘बयान पुरा गरेपछि हामी मुद्दा दायर गर्छाै ।’ सागर थापसहित राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा, राष्टिय्र खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका खेलाडीका झन्डै एक दर्जन वकिलले राज्यविरुद्ध अपराध मुद्दा उनीहरुमाथि आकर्षिक नहुने भन्दै थुनामा राख्ने म्यान नदिन बहस गरेका थिए । जसकारण साढे १० बजे नै उनीहरुलाई अदालतमा पुर्‍याइएकोमा साढे ४ बजेमात्र थुनामा राख्ने आदेश दिइएको थियो । खेलाडीको पक्षबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, प्रेम बहादुर खड्का लगायतले बहस गरेका थिए । खेलाडीका आफन्तहरु समेत निराश मुन्द्रामा उपस्थित थिए ।
धरौटीमा छुट्ने सम्भावना राज्य सिवरुद्धको अपराध तथा सजाय ऐनको दफा ४ मा भनिएको छ–‘कसैले स्वतन्त्र एव अबिभाज्य नेपालकमो सार्वभौमसत्ता अखण्डता खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मीक, क्षेत्रीय वा कुनै आधारमा घृणा द्धेष अवहेलना उत्पन्न हुने कुनै काम कारबाहीमा गरे गराएमा ३ वर्षसम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै’ हुने उल्लेख छ । ३ वर्षसम्म कैद सजाय हुने मुद्दामा साधरणतया अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने गरेको नजिर छ । त्यसकारण उक्त दफाअनुसार खेलाडीहरु धरौटीमै छुट्ने सम्भावना छ । राज्य विरुद्ध अपराध ऐनको दफा तीन अुनसार मुद्दा दायर गरेको खण्डमा खेलाडीहरु जेल जाने सम्भावना हुन्छ । दफा नम्बर ३ अनुसार जन्मकैदसम्म हुने प्रावधान छ । उक्त दफामा ‘नेपालको सार्बभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आधात पर्न सक्ने गरी, कुनै बिदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षडयन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद हुने व्यवस्था’ छ । बिदेशी बुकीहरुसँग मिली राज्यको प्रतिष्ठामा आँच हुने काम गरेकाले केही प्रहरीले यही दफाअनुसार मुद्दा चलाउनुपर्ने बताएका थिए । तर मंगलबार दफा नम्बर ४ अनुसार म्याद थप गरिएको छ । यद्यपी अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयले कुन दफाअनुसार मुद्दा चलाउने/नचलाउने भन्नेमा निर्णय गर्ने छन् । खेलाडीले बोली फेरे पक्राउ गरेर सोधपुछ गर्दा खेलाडी तथा प्रशिक्षकले पैसा लिएर मिलेमतोमा खेलेको स्वीकारेका थिए । तर मंगलबार अदालतमा पेश गर्दा उनीहरुलाई आफुहरुलाई फसाइएको दाबी गरे । बिशेष अदालतमा पत्रकारहरुसँग बोल्दै सागर थापाले मिडियाले आफुहरुलाई अपराधी बनाएको र एक दिन आफुहरु निर्दाेष सावित हुने दाबी गरे । न्यायधीशको अगाडि पनि उनीहरुले आफुहरुले मिलेमतोमा खेलेको भन्ने प्रहरी आरोप गलत भएको बताएका छन् । यद्यपी प्रहरीसँग उनीहरुले पैसा लिएर अरु देशलाई खेल जिताएको भनेर दिएको बयानको भिडियो रेकर्ड नै छ । तर म्याद थप गरेपछिको लिखित बयान आधिकारीक हुने भएको वकिलहरुको सल्लाहमा खेलाडीहरुले बोली फेरेका हुन् । प्रहरीले भने खेलाडीहरुले पहिला स्वीकार गरेको भिडियो समेत अदालतमा बुझाउने तयारी गरेको छ ।
बैंक स्टेटमेन्ट:प्रहरीको बलियो प्रमाण म्याच फिक्सिङ प्रकरणमा प्रहरीको बलियो प्रमाण भनेको खेलाडीको बैंक स्टेटमेन्ट हो । खेलाडीको नाममा बिदेशबाट पटक पटक पैसा आएको छ । जून रकमको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् । सोधपुछका क्रममा म्याच फिक्सिङबाटै आएको बताएका छन् । पछिल्लो समय उनीहरुले बोली फेरेपनि प्रहरीले बैंक स्टेटमेन्टलाई नै प्रमुख प्रमाण मानेर मुद्दा दायर गर्ने तयारी गरेको छ । वेस्टन मनि ट्रान्सफर तथा साइबर मनि ट्रान्सफरमार्फत सिंगापुर र मलेसियाबाट उनीहरुको नाममा पटक पटक पैसा आएको थियो । म्याच फिक्सरले नै उक्त पैसा उनीहरुलाई पठाएको प्रहरी दाबी छ । सिंगापु्रका चर्चित म्याच फिक्सर विल्सनराज पेरुमलले आफ्नो पुस्तक ‘किलोङ किङस्’ मा कसरी नेपाली खेलाडी किन्न सफल भए भन्ने कुरा उल्लेख गरेका छन् । हालसम्मको अनुसन्धानमा ६ वटा अन्तराष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको प्रहरी दाबी छ । जसमा खेलाडीले एउटा खेलबाट ५ हजार अमेरिकन डलरसम्म लिएका थिए । सन् २००८ देखि गत वर्षृसम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले जनाएको छ । सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेको प्रहरी दाबी छ । त्यस्तै २००९ को साग च्यामपियनसीप, सन् २०११ म मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ गरेको प्रहरीले जनाएको छ । जसमा अन्य खेलाडी र एन्फा पदाधिकारीहरु समेत संलग्न भएपनि अरु भने पक्राउ परेका छैनन् । सबै खेलमा त्रिस्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको प्रहरी अधिकारीहरु बताउछन् । - See more at: http://www.drishtinews.com/?p=10685#sthash.aCfiptOK.dpuf
Read Full Discussion Thread for this article