Posted by: metta October 28, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
एन्फा अधिकारी पनि छानबिनमा

म्याच फिक्सिङ प्रकरण नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं,१२ कात्तिक 

प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको समेत संलग्नता भेटिएको छ । सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ । 

महानगरीय अपराध महाशाखा स्रोतका अुनसार म्याच फिक्सिङमा संलग्न सिंगापुरका नागरिक टिटानी पेरियासामीले एन्फाका ती अधिकारीलाई समेत पैसा पठाएको खुलेको छ । तर, अनुसन्धानमै रहेकाले प्रहरीले ती एन्फा अधिकारीको नाम भने खुलाइएको छैन । स्रोतका अनुसार ती एन्फा अधिकारी हाल अमेरिकामा छन् । 

खेलाडी मात्र नभई एन्फा पदाधिकारीको समेत मिलेमतोमा अन्तर्राष्ट्रिय खेलहरूमा म्याच फिक्सिङ भएको प्रहरीले जनाएको छ । म्याच फिक्सिङ भएका खेलका सहभागी सम्पूर्ण खेलाडी तथा पदाधिकारीको विवरण पठाउन प्रहरीले एन्फालाई पत्राचार गरेको छ । तर, एन्फाले कुनै विववरण नदिएर अनुसन्धानमा असहयोग गरेको प्रहरी अधिकारी बताउँछन् ।

महानगरीय अपराध महाशाखाले चार राष्ट्रिय खेलाडी र एक प्रशिक्षकलाई म्याच फिक्सिङमा पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित गोलरक्षक रितेश थापा, सन्दीप राई, विकाससिंह क्षेत्री तथा थ्री स्टार क्लबका पूर्वप्रशिक्षक अञ्जन केसी प्रहरी हिरासतमा छन् । 

राज्यविरुद्धको अपराध मुद्दामा विशेष अदालतले उनीहरूलाई १७ दिनमा थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । बुधबारदेखि उनीहरूको बयान सुरु भएको छ । बयानका क्रममा बोली फेरेका उनीहरूले म्याच फिक्सिङबारे केही थाहा नभएको बताएका छन् । 

पक्राउ परेलगत्तै प्रहरीले लिएको बयानमा भने उनीहरूले पैसा बाँडेर लिएको बताएका थिए । त्यसकारण यो प्रकरणमा अरू धेरै खेलाडी पनि अनुसन्धानमा तानिने स्रोत बताउँछ । म्याद थप गरेपछि थप व्यक्तिमाथि छानबिन गर्ने र थप प्रमाण संकलन गर्ने काम भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ‘खेल राष्ट्रिय एकताको प्रतीक हो,’ एसएसपी खनालले भने, ‘विदेशी गिरोहसँग मिलेर मिलेमतोमा फुटबल खेलेर राष्ट्रको प्रतिष्ठामा धब्बा लगाउने काम गरेकाले हामीले राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान अघि बढाएका हौँ ।’ 

नेपालको खेल भएको समयमा नै ती खेलाडीलाई रकम आएको प्रहरी अनुसन्धानमा देखिएको छ । ‘जहिले–जहिले नेपालको गेम भएको छ, त्यही बेला पैसा आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने । अपराध महाशाखाका अनुसार १३ डिसेम्बर २००९ मा सिंगापुरका बुकी टिटानीबाट रितेशको नाममा तीन हजार ६३ डलर आएको थियो । त्यस्तै, २००९ र २०१२ मा एक–एकपटक र २०१३ मा तीनपटक अञ्जन केसीको नाममा करिब तीन लाख डलरका दरले पैसा आएको छ । 

खेलाडीविरुद्ध प्रहरीका तीन प्रमाण 

१. राज्यविरुद्धको अपराध मुद्दामा प्रहरीले उनीहरूले विदेशी बुकीबाट लिएको पैसालाई प्रमुख प्रमाण मानेको छ । बुकीबाट पैसा आएको विवरण प्रहरीले संकलन गरेको छ । मलेसिया र सिंगापुरबाट ६ पटक अञ्जन केसी र रितेश थापाको नाममा बुकी टिटानीलगायत व्यक्तिका नामबाट पैसा आएको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको उक्त पैसा अन्नपूर्ण मनी ट्रान्सफर र साइबर मनी ट्रान्सफरबाट उनीहरूले लिएका थिए । 

२. खेलाडीहरूको बयान प्रहरीको दोस्रो प्रमाण हो । पक्राउ पर्नेबित्तिकै प्रहरीले गरेको सोधपुछमा खेलाडीले पैसा लिएर खेल हारेको स्विकारेका थिए । जसमा उनीहरूले ५ हजार डलरका दरले पैसा लिएको स्विकारेका छन् । जुन बयानको भिडियो रेकर्ड प्रहरीसँग छ । तर, वकिलसँग भेटेपछि खेलाडीले पछिल्लो समय बयान फेरेका थिए । 

३. कुख्यात बुकी विल्सनराजको किताब प्रहरीले संकलन गरेको तेस्रो प्रमाण हो । जहाँ उनले नेपाली खेलाडीलाई कसरी किने भन्ने कुरा उल्लेख छ । विल्सनराज नेपालमै आएर खेलाडीलाई दरबारमार्गको होटलमा भेटेको कुरासमेत स्वयं खेलाडीबाट आइसकेको छ । यसबाहेक पनि उनीहरूको बैंक स्टेटमेन्टलगायतका प्रमाण संकलनको काम भइरहेको महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापा बताउँछन् ।

http://www.enayapatrika.com/2015/10/34888
Read Full Discussion Thread for this article