Posted by: metta October 28, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        

फुटबल डुबाउँदै एन्फा, तैपनि गणेश थापा महान्

म्याच फिक्सिङको ‘सक’बाट नेपाली फुटबल फ्यानहरु बौरिएका पनि थिएनन्, फेरि अर्को कान्ड आइलागेको छ। म्याच फिक्सिङमा सिनियर खेलाडी र अफिसियलहरु यत्तिकै तानिएका थिएनन्, एएफसी र स्पोर्टसराडारले एक वर्ष लामो अनुसन्धान गरेपछि नेपाल प्रहरीसित सहकार्य गरेर उनीहरु पक्राउ परेका हुन्। यसमा फुटबलका टाउकेहरु पनि संलग्न भएको विश्वास गरिएको छ। तर देशद्रोहको असम्बन्धित मुद्दा लगाएर प्रमाणित नभई उनीहरुलाई यत्तिकै छाड्ने सम्भावना देखिन्छ।

म्याच फिक्सिङको अपराधिक फट्याइँपछि एएफसीले फेरि एन्फालाई अर्को फँट्याइ समातेर कारबाही गरेको छ।

गत सेप्टेम्बरमा भएको एएफसी यु १६ च्याम्पियनसिपको क्वालिफायर्समा नेपाली किशोर टोलीले गजबको खेल खेल्यो भनेर हामीले वाहवाही गरेका थियौँ। समूहको उपविजेता भएर नेपाल च्याम्पियनसिपको लागि छनौट पनि भएको थियो।

तर नेपालले गरेको सबै मेहनत खेर गएको छ। एक जना खेलाडी नियमविपरीत बढी उमेरको राखेको भन्दै एएफसीले सबै खेलमा नेपाललाई ३-० ले हराउँदै ने्पाललाई प्रतियोगितामा खेल्नबाट वञ्चित गराएको छ। साथै ३० दिनभित्र १४ हजार ५ सय डलर जरिवाना तिर्न भनेको छ।

हेर्नुस् एएफसीको निर्णय-

afc

तर पनि एन्फा पदाधिकारी देशद्रोही हुँदैनन्। एन्फा अध्यक्ष गणेश दाइ महान् हुन्छन् सबैका। नेपाली फुटबल यसरी नै चलिरहन्छ।

http://www.mysansar.com/2015/10/20472/

Read Full Discussion Thread for this article