Posted by: nepalilaure October 28, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     1       ?         Liked by
नया रास्ट्रपतिको बारेमा जे पायो तेही नभनम है सोल्टी हरु (नास बाहेक ;)) गर्वको कुरो त देशले महिला रास्ट्रपति पाएको छ \

तर मेरो व्यक्तिगत रोजाई येस्पली चै कुल बहादुर बुढा थिए \ उमेर, राजनीतिक निरन्तरता, सत्य-निष्ठाको राजनीति गर्ने(थाहा भए सम्म है ), अनि अझ बढी समाबेशिता देखिने - बिद्या भन्दा पनि अझै सुहाउने \के गर्नु पार्टी सिस्टम को नतिजा येस्तै हुन्छ \ तर तेसो भन्दैमा बिद्या चै रास्ट्रपतिको लागि कत्तिपनि उपयुक्त छैनन् भन्ने होइन है \ मदन भण्डारीको बिधवा भएर मात्र होइन, बिहे भन्दा पहिले देखि राजनीतिमा लागेकी रैचिन \ अनि कम पढेको , क्ष्य्मता नभनेको भन्ने चै मिल्दैन , यिनी रक्षा मन्त्रि हुदा एउटा दुइटा interview सुनेको थिए - अनि मन्त्रालयमा नै काम गर्ने मान्छे हरुको विचार सुन्दा पनि प्रशासनिक र नीतिगत कुरा बुज्ने र र विचार राख्न सक्ने मान्छे जस्तो लाग्छ \ (त्यो भन्दा त्यो भन्दा पहिले  मेरो बिचारमा यिनलाई मदन भण्डारीको बिधवा भनेर लिफ्ट दिएको हो , अनि मन्त्रालय चलाउने पनि PA /सल्लाहकार ले होला जस्तो लाग्थ्यो [ एमाले ले पहिलो चोटी सरकार बनाउदा मन्त्रिहरुलाइ कन्ट्रोल गर्न अनि यिनले प्रशासन पनि बजेका छैनन् भनेर पार्टीले नै PA /सल्लाहकार तोकी दिन्थ्यो ] ), तर होइन रहेछ\


पार्टी राजनीतिको गुट उपगुट मा पनि यिनी राम्रै खेलाडी रैचिन भन्ने अलि अलि सुनिएको छ - न कि मदनको बिधवा भएर सधै पद पाउने गरेकी \ अनि अर्को कुरो पनि याद आयो, केहि हप्ता पहिले एउटा tv मा यिनलाई "तपाई महिला भएर पनि महिला अधिकारको बिरोधि हुनु हुन्छ रे" भन्ने प्रश्न मा यिनले सारै सटिक जबाफ दिएकी थिन \ नागरिकताको बारेमा यिनले "ठुलो पार्टीको केन्द्रिय नेतृत्वमा भएको ले मैले activist को जस्तो काम गर्न सक्दिन, सबै देशले नागरिकता दिने आफ्नै बिसेष आधार तय गरेको हुन्छ , ति आधारभूत कुरालाई त मैले पनि मान्नै पर्छ" -- येस्तै भनेकी थिन \

अनि facebook सोल्टी , के सारो पधेरनी जस्तो कुरा गरको भन्या \ यहाँ भोटको लागि लासको राजनीति सबैले गरेका छन् - जुन कत्ति पनि राम्रो होइन \ त्यो एमाले ले अल्लि बढी नै गर्यो \ नत्र भट्टराई जस्तो त्यागी र दार्सनिक बुढालाई यिनले कुनै हिसबले पनि व्यक्तिगत प्रतिस्पर्ध मा हराउन सक्दिनथिन \ तर आफ्नै पार्टीको अन्तर्घात र विद्याको सेतो लुगाले गर्दा हारेका हुन् \ तर तेस्को २० वर्ष यता यिनी निकै खारिएर आएकी छन् \

facebook गरे जस्तो पधेरनी गफ मा सत्यता भए यिनका दुइटा हुर्किएका छोरि हरुले के हेरर बसेका छन् , बाहिर हल्ला भन्दा त छोरि हरुलाई राम्रो थाहा छ होला \ अरु कुरा यता उता होला तर यहाँ बाउले त आफ्नो आमा बाहेक अर्की लाइ खेलाएका छन् भने लात हान्चन (आफु चै हानीछ है ) भने आमाले तेस्तो गरको सुइँको मात्र भए पनि आमा संग सम्बन्ध राम्रो हुन्न \ यिनी त अझै पनि देवरको (मदन भण्डारीको भाई) को घरमा सासु संगै बस्छिन \ तेसैले राष्ट्रपतिको बारेमा तेस्ता सस्ता कुराले सोभा दिदैन ब्रो \
Last edited: 28-Oct-15 12:25 PM
Last edited: 28-Oct-15 12:32 PM
Read Full Discussion Thread for this article