Posted by: ugeslimbu October 26, 2015
समुदायसंग सम्प्रेषणको नयाँ संस्करण
Login in to Rate this Post:     0       ?        
हाम्रो न्यूयोर्कको प्रवासी नेपाली समुदायमा अहिलेसम्म नेपालीहरुको लागि "अधिकार" ले जे जति गरेको छ, जति प्रसंशा गरे पनि कम हुन्छ । "अधिकार" ले गरेको काम सबैले देखिने गरी छर्लंग पनि छ । 
नेल सेलुनमा काम गर्ने नेपाली महिला कामदारहरुको हितमा होस्, वा लड्० 
आईल्याण्डको ग्यांस स्टेशनमा साहु, मेनेजरबाट ठगिएका हाम्रा नेपाली कामदारहरुको हकमा होस् "अधिकार" डटेर लागेको छ बिना कुनै शुल्क, बिना कुनै झारो टराई ।
टिपिएस फर्म भर्ने बेला पनि "अधिकार" ले नि:शुल्क फर्म भरिदिने सहयोग गर्यो । यति सम्मकि USCIS लाई बुझाउनुपर्ने $५२५ दस्तूर पनि तत्काल बुझाउन नसक्नेलाई पछि बुझाउन सकिने गरी व्यवस्था मिलायो ।
यति बखान मात्र पनि काफ़ी होला राम्रो काम गरिरहेको सामाजिक संस्थाको लागि ।

अब आउने दिनहरुमा पनि यसरी काम गर्दै जाओस् । शुभकामना "अधिकार" लाई ।

शैलेशजीले पनि आफ्नो निजी ब्लग 'सम्प्रेषण' मार्फत टिपिएस बारे सरोकारवालाहरुलाई संझाईदिनु भएको छ । तपाईले गरेको कामहरुको पनि नेपाली समुदायले मूल्याँकन गर्ने नै छ ।
Read Full Discussion Thread for this article