Posted by: ujl October 22, 2015
K bhako hola?
Login in to Rate this Post:     0       ?        
तिमि भनेको अनन्त, अनादि, अविनासी आत्मा हो. आत्मा को अन्त्य हुनै सक्दैन. मानसपटलमा आएको एउटा भ्रित्तिको पछि नलाग. जुन कुराको जन्म नै भएको छैन, उसलाई मार्छु भन्नु मुर्खता हो. मुर्ख नबन. मानव सरिर पाउन तेती सजिलो छैन. अनेक किसिमको जीवन भोगाइ पछि आत्माले मानव सरिर पाउँछ. यो मानव शरीरको सहि सदुपयोग गर. बिहान उठेर यी तिन किसिम को प्राणायाम गर, १) भास्त्रिका २) कपालभाती ३) अनुलोम विलोम. यी प्राणायामले तिम्रो मनलाई सन्तुलनमा राख्ने काम गर्छ र रगत संचार सहज बनाई रगतलाई पूर्ण रुपले स्वच्छ पार्छ. यो गरि सकेपछि महाम्रित्युन्जय मन्त्र जप गर. यी कुराहरू दैनिक रुपमा गर्दै गयो भने मुलधार चक्र जागृत भै कुण्डलिनी शक्तिको परिवहन मस्तिस्कमा हुन्छ र शिव संग योग हुन्छ र तिमि महापुरुष हुनेछौ. अनेक किसिमका सक्ति तिमीमा आउने छन्. तिम्रो जीवन सफल होस्.
हरि: ओम.
Read Full Discussion Thread for this article