Posted by: ugeslimbu October 19, 2015
एनआरएन "कुम्भ मेला": बहुजन हिताए, बहुजन सुखाए
Login in to Rate this Post:     0       ?        
एनआरएनको बिश्व महाधिबेशन अर्थात् कुम्भमेलामा एका दुई बाहेक सबै खुशी र प्रसन्न देखिंदा रहेछन | सबभन्दा खुशी त यी हाम्रो संचारकर्मीहरु पो देखिंदा रहेछन | भोज भतेर अनि भेटघाटमा यसै दंग | जसका दानापानीमा अनि जसका लागि गा'को हो उनकै र उसकै ठुलाठुला तस्विर सहित उल्लास, उत्सब अनि भोज भतेरको स-चित्र समाचार | बिजेताहरुसंग फोटोसेसन| खेल खत्तम पैसा हजम | 
सम्पूर्ण प्रयोजनमा मुखमै आएको दसैं तिहार मनाउन पाईने, आफन्त साथी संगी भेट्न पाईने आहाक्या मज्जा| अरुको प्रयोजनमा गएपछि कार्यक्रम स्थलमा भए गरेका सत्यतथ्य लेख्न नि पत्रकारिताको धर्मले दिएन क्यारे (?) 
हार्नेहरुले पनि सानो तिनो "टोकन अफ लभ" लेखिएको पंचायतकालिन गो.द.बा. साईजको ताम्रपत्र अनि प्रसंशा-पत्र हात पार्दो रैछन उनीहरु पनि यसै दंग| भाग नपुगेकोलाई बिधान संसोधन गरेर पछि बन्दोबस्त गर्ने पनि अन्तरिक सहमती भएछ | मत र मन जित्न नसकेका अमेरिकी एनआरएनहरुले ठुला मान्छे रिझाउने कला सार्वजनिकरुपमा राम्रै प्रदर्शनी गरे त्यसको यथोचित पुरस्कार पनि प्राय पक्का भएको खबर उताका भित्रियाहरुबाट यताका यो "आउट साईडर" लाई भर्खर प्राप्त भएको छ | अरु त अरु एनआरएन अमेरिकाले सौतेलो ब्यबहार गरेकाहरु पनि संस्थापन र श्री तीन महाराजहरुको आश्वासन र कृपाले डेलिगेट्सकारुपमा काठमाडौँ पुगेर फलानो फलानोलाई जिताएर आएँ भनेर फेसबुके हल्ला फिजाउँदै अमेरिका फर्कदैछन | बैचारिक सह-गोत्रीय र अन्तर-गोत्रीय समीकरण मिलाउँदै आफ्ना साझा उम्मेदवार जिताउन गएकाहरु तिनका पार्टीको नेताहरुसंग चिया पिउंदै भेटघाट गर्दै अनि "व्हिप" जारी गर्दै यसै दंगदास | 
अब अहिलेको अवस्थामा बाहिरबाट हेर्दा हारेर दु:खी देखिएका खगेन्द्र क्षेत्री, राजेन्द्र सिवाकोटी र शिब कुमार राईलाई केन्द्रले सिर्जित पदहरु मध्य केहि दिएर "मलम" लगाईदियो भने त अमेरिकाले ठुलै बाजी मारेको ठहर्ने छ | "हस्तिनापुरको जित" को औकात नहुनेहरुले अब मागेको सातुमै भए पनि टन्न पेट भर्नु पर्ने अवस्था रह्यो | 
अमेरिकी टोलीले काठमाडौँ जानु अगाडी प्रदर्शन गरेको "अमेरिकी हेजेमोनिक दम्भ" को परिभाषा अनि प्राप्ती यहि हो? दसैं तिहार मानेर फर्किएका एनआरएन अमेरिकी सस्थापन र तथाकथित श्री तीनहरुलाई आम प्रवासीहरुले यिनै धारिला र पेचिला प्रश्नहरु निरन्तर सोध्नेछन| 
आर यु रेडी?
Read Full Discussion Thread for this article