Posted by: Void October 18, 2015
Login in to Rate this Post:
0
?
|||प्रणाम |||
असरल्ल कथा छरिएका छन्
एकबिना अर्को अपुर्ण|
थुप्रो भित्र निसास्सिएको,
अनि सम्झना र सपनाको जगमा अडिएको म|
भावनाको कान्छी औलामा डोरिदै
भ्रम लुरुलुरु आउछ,
अनि तुवँलो बनेर छाउछ|
सत्य!!!
चलाएमान भै कन पनि अचल छ|
अटल छ|
आजर छ |
अमर छ |
बिशाल शब्दको बिशालताले उस्को बिशालता नाप्ने ?
भो छडिदिउ!
फगत फिस्फिसे हासो हुनेछ|
येदि मनमा सत्यको अंश छ भने,
त्यो सत्य साक्षी राखेर म नतमस्तक हुन्छु|
मेरा बुबाआमा, साथीभाई, दिदीबहिनी, नातागोता,
शत्रु अनि बैरी प्रति|
क्रितज्ञ छु|
आभारी छु|
यो माया, प्रेम वा भनिने तिरस्कार र घ्रिणा प्रति|
कारण एउटै! तिमी बिना अपूर्ण रहेछु म|
Last edited: 18-Oct-15 11:21 AM
Last edited: 18-Oct-15 11:28 AM