Posted by: metta October 16, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     1       ?         Liked by
It's hard to believe Ganesh Thapa is not involved in the scandal.

संवेदनशील देखिएन एन्फा
 
पाँच खेलाडी खेल मिलेमतो गरेको आरोपमा पक्राउ पर्दा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भने बेखबरजस्तो देखिएको छ । भारतमा दुई महिनापछि आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि टोलीका कप्तान थापा, उपकप्तान राई र रीतेश प्रशिक्षणमै थिए । क्लबबाट व्यावसायिक फुटबल खेले पनि उनीहरू राष्ट्रिय टोलीका खेलाडी हुन् ।
 
खेलाडी पक्राउ परेको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत व्यापक रूपमा समाचार प्रकाशन र प्रसारण गरिरहेका छन् । तर एन्फाका कुनै पनि जिम्मेवार पदाधिकारी खेलाडीका विषयमा बुझ्न र घटनाको यथार्थ पत्ता लगाउन अग्रसर देखिएका छैनन् । यसअघि एन्फा र खेलाडीका विषयमा साधारण समाचार बाहिर आउँदासमेत एन्फा कार्यसमितिको बैठक बसेर विभिन्न निर्णय हुन्थ्यो । अहिले गम्भीर आरोपमा खेलाडी पक्राउ पर्दासमेत एन्फा बैठक बसेको छैन ।
 
एन्फाले खेलाडी पक्राउ परेको २४ घन्टापछि मात्र विज्ञप्ति जारी गरेको छ । एन्फाका महासचिव धीरेन्द्र प्रधानले विज्ञप्ति जारी गरी घटनाले एन्फालाई दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन् । प्रधानले जारी गरेको विज्ञप्तिमा प्रहरीको अनुसन्धानका लागि एन्फाले आवश्यक सहयोग गर्ने उल्लेख छ । अनुसन्धानको किनारा नलागेसम्म खेलाडीलाई फुटबल गतिविधिमा संलग्न नगराइने विज्ञप्तिमा उल्लेख छ ।

http://annapurnapost.com/News.aspx/story/20648
Read Full Discussion Thread for this article